सुर्खेतमा काँग्रेस र बामगठवन्धनको शक्ति प्रर्दशन, कांग्रेससंग तर्सेर बामगठवन्धन-थानी

सुर्खेत, १८ मंसिर ।
सुर्खेतमा कांग्रेस र वामगठवन्धनले मतदान अघि अन्तिम शक्ति प्रदर्शन गरेका छन । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन सोमवार दिउँसो कांग्रेस र एमाले, माओवादी केन्द्रको वामगठवन्धनले वीरेन्द्रनगरका छुट्टाछुट्टै स्थानहरुमा विशाल ¥यालीसहित अन्तिम शक्ति प्रदर्शन गरेका हुन ।
रातीदेखि मौन अवधि सुरु भएकोले सोमवार दिउँसो दलहरुले अन्तिम चुनावीसभा गरेका थिए । दिउँसो २ बजे मंगलगढीबाट सुरु भएको कांग्रेसको जुलुसले नगर परिक्रमापछि घन्टाघर चोकमा चुनावीसभा गरेको थियोभने वामगठवन्धनले ११ बजे ¥यालीसहित सुरु भइ पिपलचौतारीमा सभा गरेको थियो ।बाम गठबन्धनले सुर्खेतमा अन्तिम चुनावी जनसभा आयोजना गरेको छ । उक्त जनसभालाइ बाम गठबन्धनका नेताहरुले सम्बोधन गरेका छन ।


काँग्रेसले गरेको कार्यक्रममा सुर्खेत क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार ह्दयराम थानीले बामहरु कांग्रेससंग तर्सेर गठवन्धन गरेको बताए ।उनले वामगठवन्धनले कांग्रेससंग निहुँमात्र खोजेको टिप्पणी गर्दै जसजसले कांग्रेससंग निहुँ खोजे उनीहरु सिधिएको इतिहास सम्झाए । वामगठवन्धन जनता र देश विकासको लागि भन्दा प्रधानमन्त्री र राष्ट्रपति को बन्ने भन्ने स्वार्थमा बनेको हुँदा त्यसतर्फ सजग हुन पूर्व मन्त्रीसमेत रहेका थानीले सुझाव दिए । सुर्खेतको वामगठवन्धन विकासको एजेण्डाविहीन भएको भन्दै उनले कांग्रेसले नै विकास गर्ने दावी गरे । वीरेन्द्रनगरको फोरलेन सडक, हटलाइन सडक, चक्रपथ निर्माणको सुरुवात, भेरी नदीको पानी लिफ्ट गरेर खानेपानीको समाधान गर्ने योजनाहरु कांग्रेससंग रहेको तर्क उनको छ ।

यस्तै मप विश्वविद्यालय, क्षेत्रीय अस्पताल स्थापनाको लागि कांग्रेसले नै पहल गरेको थानीले बताए । सुर्खेतमा दुई पटक एमालेले जित्दा के के विकासे काम ग¥यो, त्यो देखाउने उनले चेतावनी दिए । सभामा प्रदेशसभा उम्मेदवार कमलराज रेग्मीले सुर्खेतको समृद्धि नै कांग्रेसको चाहना भएको बताए । कांग्रेस सुर्खेतका सभापतिसमेत रहेका उनले विकासका अधुरा काम गर्न बेरोजगारी समस्या हटाउन, ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न, महिलाको अवस्था उकास्न कांग्रेसको आवश्यकता रहेको उल्लेख गरे ।
उनले जनताको विकासको चाहना र हेर्न लायक सुर्खेत बनाउने जिम्मा कांग्रेसलाई दिन रेग्मीले आव्हान गरे । कांग्रेस वीरेन्द्रनगर नगर कार्यसमितिका सभापति एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको अध्यक्षतामा भएको सभामा समानुपातिक उम्मेदवारहरु गोविन्दबहादुर मल्ल, लोकबहादुर विश्वकर्मा, पार्वती गिरी, कांग्रेसका पूर्व सभापति डम्मर जिसी, पूर्वसचिव धर्मराज गिरी, महिला संघका केन्द्रीय उपाध्यक्ष उर्मिला थपलिया, केन्द्रीय कोषाध्यक्ष जानकी सिंह, तरुण दलका नेता निरन्जन केसीलगायतले यही मंसिर २१ गते निर्धक्क भएर कांग्रेसका पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।


बाम गठवन्धनले गरेको सभामा प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार नवराज रावतले विकास, समृद्धिका लागि बाम गठबन्धनको जित आवश्यक भएको बताएका छन ।
कार्यक्रममा क्षेत्र नं २ क का प्रदेश सभाका उम्मेदवार यामलाल कँडेलले यो जिल्ला र समग्र प्रदेशको विकासको लागि बाम गठबन्धनलाइ जिताउन आग्रह गरे ।कँडेलले बामहरु दिनमा अभियान संचालन गर्छन तर काँगे्रस मौन अवधिमा गरिबका वस्तीहरुमा गएर मतदाताहरुलाइ प्रभावित पर्ने आरोप लगाए । उनले मतदाताहरुलाइ कुनै भ्रममा नपरी गठबन्धनका उम्मेदवारलाइ जिताउन अनुरोध गरे ।


कार्यक्रममा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बामहरुको एकता समयको माग भएको बताउदै केहि समय पछि बहुमत सहितको बाम सरकार बन्ने दावी गरे । कार्यक्रममा एमालेका उपाध्यक्ष युवराज ज्ञावालीले जनताको बलिदानबाट प्राप्त लोकतन्त्रलाइ बचाउन र राष्ट्रिय स्वाधिनताको रक्षा गर्नको लागि बाम गठबन्धनको जित आवश्यक रहेकाले सवै उम्मेदवारलाइ जिताउन मतदाताहरुलाइ आह्वान गरे । केहि समयमा बाम गठबन्धनको स्थिर सरकार बन्ने र देश विकासको गतीमा अघि बढ्ने उनको दावी छ । कार्यक्रम निर्वाचन परिचालन कमिटिका संयोजक अमुत विसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः १८ मंसिर २०७४, सोमबार १९:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *