सुर्खेत क्षेत्र नम्बर १ मा एमालेका ध्रुवकुमार शाही विजयी

सुर्खेत, २४ मंसिर

सुर्खेतमा वाम गठबन्धनले खाता खोलेको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ध्रुवकुमार शाही विजयी हुनुभएको हो ।

उहाँ ३६ हजार ७ सय ५९ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्णबहादुर खड्काले ३३ हजार ३ सय ७७ मत प्राप्त गर्नुभयो ।
नेकपा एमाले सुर्खेतका अध्यक्षसमेत रहेका नेता शाहीको जन्म २०२७ साल जेठमा मालारानीमा भएको हो । नेता शाहीले माध्यामिक तहसम्मको शिक्षा जनसेवा मावि खहरे सुर्खेतबाट पूरा गर्नुभएको हो । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आइए पास गरेका ध्रुव शाहीले सोही क्याम्पसबाटै स्नातक र अहिले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्दै हुुनुहुन्छ ।

२०४५ सालमा अखिल छैठौंबाट राजनीति सुरु गरेका नेता शाही २०५४ सालमा मालारानी गाविसको अध्यक्ष हुनुभएको थियो । २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पनि सुर्खेतबाट उम्मेदवारी दिए पनि उहाँ पराजित हुनुभएको थियो । नेता शाही २०७२ सालदेखि नेकपा एमाले सुर्खेतको पार्टी अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मितिः २४ मंसिर २०७४, आईतवार ०६:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *