मुख्य मन्त्रीका प्रमुख दावेदार यामलाल कँडेल बिजयी

सुर्खेत, २४ मंसिर ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रदेश नम्वर ६ का सहसंयोजक यामलाल कँडेल सुर्खेतवाट प्रदेश सभाको सदस्यमा फराकिलो मतअन्तरसहित विजयी भएका छन । सुर्खेत क्षेत्र न. २ को प्रदेश सभा क वाट नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीलाई ५ हजार ३ सय ३६ मतले पछि पादै कँडेल विजयी भएका छन । कँडेलले २१ हजार २ सय ८२ मत र उनका निकतम प्रतिद्धन्द्धी रेग्मीले १५,९४७मत ल्याएका छन । कँडेललाई प्रदेश नम्वर ६ को मुख्य मन्त्रीका प्रमुख दावेदारको रुपमा पनि हेरिएको छ ।


२०१८ साल कार्तिक २५ दैलेखको तत्कालिन सेरी गाविसमा जन्मिएका कँडेले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका थिए । पहिलो पटक २०५१ सालमा प्रतिनिधी सभाको सदस्यमा निर्वाचित उनी दोस्रो पटक २०६४ सालमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । । गिरीजाप्रसाद कोइालाको नेतृत्वको सरकारमा २०५५ सालमा पर्यटन मन्त्री भएका उनी २०४९ सालमा बीरेन्द्रनगर नगरपालिकाको मेयर भएका थिए । उनी २०५६ सालको प्रतिनिधी सभा र २०७० सालको संविधान सभा सदस्यमा पराजीत भएका थिए । उनी नेकपा एमालेका प्रखर वक्ताको रुपमा पनि परिचित छन ।
तस्वीर यामलाल कँडेल

प्रकाशित मितिः २४ मंसिर २०७४, आईतवार १७:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *