एमालेका नवराज रावत बिजयी

सुर्खेत, २४ मंसिर ।
सुर्खेतको क्षेत्र न २ वाट पतिनिधी सभाको चुनावमा नेकपा एमालेका नवराज रावत बिजयी हुनु भएको छ । रावतले ३७ हजार ४ सय ४७ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका हृदयराम थानीले २८ हजार ६ सय ४६ मत ल्याउनु भएको छ ।
नेकपा एमाले सुर्खेतका पूर्व अध्यक्ष समेत रहेका रावतले प्रतिनिधी सभाको चुनावमा पहिलो पटक जित हासिल गर्नु भएको छ । यसअघि उहाँ २ पटक संविधान सभाको चुनावमा पराजीत हुनु भएको थियो ।


२०२० सालको पुसमा अछामको मष्टवण्डलीमा जन्मेका रावतले २०३६ सालमा अनेरास्ववियूको साधारण सदस्य हुँदै राजनितिक यात्रा सुरु गनुभएको थियो । रावत २०५४ सालमा जिल्ला विकास समिति सुर्खेतको उप सभापति बन्नुभएको थियो । उहाँ २०६६ सालमा नेकपा एमाले सुर्खेतको जिल्ला अध्यक्ष हुनुभएको थियो । नवराज रावत अहिले नेकपा एमाले ६ नम्बर प्रदेशको सचिव समेत हुनुहुन्छ ।

प्रकाशित मितिः २४ मंसिर २०७४, आईतवार २०:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *