सुर्खेत, १ पुष
प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातितर्फ सुर्खेतमा नेपाली काँग्रेस पहिलो दल भएको छ । प्रत्यक्ष तर्फ एक सिट पनि नजितेको काँग्रेसले समानुपातिमा सवैभन्दा धेरै मत ल्याएको छ ।
समानुपातितर्फ कांग्रेसले ५७ हजार १सय ७१ मत ल्याएको छ भने एमालेले ५५ हजार २सय ५४ र माओवादी केन्द्रले १५ हजार १९ मत पाएका छन ।
यस्तै बिबेकशिल साझाले २ हजार १सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ८सय ३७ मत पाएका छन ।
२ लाख ४ हजार ५७७ मत रहेको सुर्खेतमा करिब १ लाख ४५ हजार मत खसेको थियो ।
काँग्रेसले सुर्खेत क्षेत्र नम्बर १ मा ३१ हजार ८सय ८९ मत, एमालेले २८ हजार ९ सय ६४ र माओवादी केन्द्रले ६ हजार ६सय ४५ मत पाएको मतदान अधिकृत हितप्रसाद पौंडेलले जानकारी दिनुभयो ।
क्षेत्र नं १ मा ७२ हजार ६सय ८३ मत खसेकोमा ३ हजार ४सय ३० मत बदर भएको पनि उहाँले बताउनु भयो ।
यस्तै प्रदेश सभा क पनि कांग्रेसले सबैभन्दा बढी १४ हजार ७१ मत पाएको छ भने एमालेले ११ हजार ७ सय २२ र माओवादी केन्द्रले २ हजार ८ सय मत पाएका छन । ३१ हजार ७सय २३ मत खसेकोमा २ हजार ६सय ३२ मत बदर भएको छ । ख मा पनि कांग्रेसले सबैभन्दा बढी १६ हजार ५सय ९१ मत ल्याएको छ । एमालेले १५ हजार ५सय १३ र माओवादी केन्द्रले ४ हजार ५सय ७३ मत पाएका छन । ४० हजार ९सय ९० मत खसेकोमा ३ हजार २सय २ मत बदर भएको छ ।
सुर्खेतको क्षेत्र नम्बर २ मा ७२ हजार मत खसेकोमा सवैभन्दा बढी एमालेले २६ हजार २ सय ९० मत ल्याएको छ । कांग्रेसले २५ हजार २ सय ६८ र माओवादी केन्द्रले ८ हजार ३ सय ७४ पाएका छन। यस्तै विवेकशिल साझा पार्टीले १ हजार ८ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ४ सय ८५ ल्याएको निर्वाचन अधिकृत पौडेलले बताउनु भयो ।
यस्तै क्षेत्र नंबर २ को प्रदेश सभा क मा एमालेले १४ हजार ८ सय ८७, नेपाली कांग्रेसले १२ हजार ४ सय १९ र माओवादी केन्द्रले ४ हजार १ सय ८४ पाएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ७ सय २० र विवेकशिल साझा पार्टीले १ हजार ८७ मत ल्याएका छन । ख कांग्रेसले १० हजार ४सय १५ मत, एमालेले ९ हजार ६० र माओवादी केन्द्रले ५ हजार ८९ मत पाएको छ ।
अरू दलले भने ५ सय मत पनि ल्याउन नसकेको वताएको छ ।