गाउँ पुगेर मतदातालाई धन्यवाद

सुर्खेत, २ पुस ।
गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पराजित कांग्रेस उम्मेदवारहरु गाउगाउ पुगेर मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।
क्षेत्र नं.२ का प्रतिनिधिसभातर्फका उम्मेदवार एवं पूर्वमन्त्री ह्दयराम थानी, प्रदेश ‘क’का उम्मेदवार एवं पार्टी सभापति कमलराज रेग्मीलगायतका नेताहरु निर्वाचनमा आफूहरु पराजित भएपनि मतदाताहरुलाई धन्यवाद दिन गाउ“गाउ“ पुगेका हुन् ।
आइतवार वीरेन्द्रनगर नगरपालिकोका विभिन्न वडाहरुमा पुगेर उनीहरुले निर्वाचनमा प्राविधिक कारणले मात्र कांग्रेस हारेको भन्दै जनताको माया पाइरहेको बताएका छन् ।


वीरेन्द्रनगर ८, १३ मा पूर्वमन्त्री एवं क्ष्ँत्र नं. २ का कांग्रेस उम्मेदवार थानीले प्रँविधिक कारणले कांग्रेस हार्न पुगेपनि जनताले कांग्रेसलाई माया गरिरहेको बताए । उनले आफू बाहिर रहेपनि जिल्ला र प्रदेशको विकास तथा समृद्धिमा सधैं प्रतिवद्ध रहेको जनाए । उनले समानुपातिक मतमा सुर्खेतमा कांग्रेस पहिलो पार्टी भएको बताउ“दै प्रत्यक्षतर्फ प्राविधिक कमजोरीले हार व्यहोर्नु परेको उल्लेख गरे ।
कार्यक्रममा प्रदेशसभा उम्मेदवार कमलराज रेग्मीले आगामी दिनमा कांग्रेस अझ चलायमान र सशक्त हुने बताए । कार्यक्रममा पूर्वमन्त्री शिवराज जोशी, खड्गबहादुर बस्याल, नगरसभापति देवकुमार सुवेदी, मप विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाललगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः २ पुष २०७४, आईतवार १८:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *