प्रदेश ६ : कांग्रेस संसदीय दलको नेतामा जिवन वहादुर शाही

 सुर्खेत, २६ माघ  ।
नेपाली कांग्रेस प्रदेश नं ६ संसदीय दलको नेतामा जिवन वहादुर शाही चयन भएका छन् । सुर्खेतमा बसेको बैठकले शाहीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।
संसदीय दलको नेतामा निर्वाचित भएसंगै नेता शाहीले ६ नम्बर प्रदेशको विकास र समृद्धिका लागि रचनात्मक रुपमा प्रदेश सभामा प्रस्तुत हुने बताए । उनले १२ लाख जनसंख्या र सबैभन्दा धेरै भूगोल भएको कर्णाली प्रदेशमा रहेको अभावलाई चिर्दै समृद्ध प्रदेश बनाउने अभियानमा लाग्ने बताए। उनले ६ ‘व’लाई आत्मसाथ गर्न सकिएको खण्डमा प्रदेशको समृद्धि र विकास हुने धारणा राखे ।

‘बाटो, विजुली, विचार, वन, व्यवस्थापन र बजारको संयोजक गर्न सकेको खण्डमा प्रदेशको समृद्धि टाढा छैन’ उनले भने, ‘हामी प्रतिपक्षमा रहेपनि प्रदेशको समृद्धि र विकासका लागि सहकार्य गछौं।’ शाहीले सम्भावनाको हिसाबले ‘सुनको प्रदेश’ भनिने ६ नम्बर प्रदेशलाई नमुना बनाउनका लागि आफुहरुले सहयोग गर्ने वताए । ‘प्रदेशसभामा कुनै दल ठूलो त कुनै दल सानो भएतापनि प्रदेश समृद्ध वनाउनका लागि चुनौती चिर्दै विकासमा अघि बढ्न सहमतिसाथ अघि वढ्ने वताए ।
हुम्ला ख बाट विजयी भएका शाही प्रदेश ६ मा काँग्रेसबाट विजयी हुने एक्ला उम्मेदवार हुन । शाहीले पर्यटन र खानेपानी तथा सरसफाई मन्त्रालय सम्हालेका थिए ।


संसदीय दलको नेतामा सर्वसम्मत भएका शाहीलाई प्रमाण पत्र हस्तान्त्रण गदै नेपाली काग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले विकासको निमार्ण र प्रदेश नं ६ को समृद्धिका लागि नेपाली काँग्रेसले पुर्णरुपमा सहयोग गर्ने वताए ।

प्रकाशित मितिः २६ माघ २०७४, शुक्रबार १३:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *