कर्णाली प्रदेश, राजधानी सुर्खेत

सुर्खेत, १२ फागुन ।
जनआन्दोलनको बलमा सवै भन्दा पछि स्थापना भएको प्रदेश ६ को नाम कर्णाली राजधानी सुर्खेत भएको छ । शनिवार बीरेन्द्रनगरमा बसेको प्रदेश सभाको चौथो बैठकले प्रदेश ६ को नाम कर्णाली प्रदेश र राजधानी सुर्खेतको बीरेन्द्रनगर तोकेको हो ।
बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गर्नु भएको थियो । यस्तै विपक्षी दल काँग्रेसका संसदिय दलका नेता जीवनबहादुर शाहीले प्रदेशका राजधानी सुर्खेत सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव राख्नु भएको थियो । प्रदेशसभा दलहरुको सहमतिका आधारमा कँडेल र शाहीले प्रस्ताव राख्नु भएको थियो ।


प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको छ । ४० सदस्यीय प्रदेशसभामा एकजनाले राजीनामा दिएकोले अहिले ३९ सांसद छन । सभामुखले मत दिनु भएन । प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावको पक्षमा ३७ जना सांसदले मत दिनु भएको थियो ।
प्रदेशको राजधानी वीरेन्द्रनगर राख्ने प्रस्ताव पनि दुई तिहाईले पारित गरेको छ । प्रस्तावको पक्षमा ३६ मत परेको छ भने विपक्षमा एक मत मात्र परेको छ ।
एमालेका संसदीय दलका नेता कँडेल प्रस्तावक र काँग्रेसबाट सांसद जीवनबहादुर शाही, माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोशिला शाही समर्थक रहनु भएको थियो ।
राजधानी सुर्खेत बनाउन काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही प्रस्तावक र एमालेबाट सांसद् अमर थापा, माओवादीका तर्फबाट नरेश भण्डारी र राप्रपाका तर्फबाट सांसद् सोशिला शाही समर्थन गर्नु भएको थियो ।

प्रकाशित मितिः १२ फाल्गुन २०७४, शनिबार १७:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *