सुर्खेत, ५ पुष ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जनताको आवाजलाई हतियारले दवाउने मुर्खता नगर्न सरकारलाई चेतावनी दिएका छन । सुर्खेतको बीरेन्द्रनगरमा विहीवार संचारकर्मीसँग कुरा गदै उनले भने, जनताको मुद्धालाई हतियारले दवाउन खोजे हामी पनि हतियारले नै जवाफ दिन्छौ । यसैले त्यो मुर्खाता सरकारले गर्नु हुदैन ।
देशमा भ्रष्टाचार, अन्याय र अत्याचारले सीमा नाघेको कारण जनता निरास भएको उल्लेख गदै उनले भ्रष्टाचारीलाई तह लगाउने बताए । दुईतिहाईको कम्युनिष्ट सरकारले पनि जनताका इच्छा र आकांक्षा पुरा गर्न नसकेकोले अव नयाँ ढंगको एकीकृत जनक्रान्तिको आवश्यकता रहेको उनले औल्याए । जनताको चाहाना एकातिर छ । उनीहरुको जनजीवन एकदमै कहाली लाग्दो र जोखिमपूर्ण हुदै गएको छ । तर संसदवादी दलका नेताहरु सत्ताको लागि दौडधुम गरिरहेका छन । उनीहरुले जनताको जनजीविकामा ध्यानै दिएका छैनन् । यस्तो अवस्थामा कसरी सुखी नेपाली समृद्धि नेपालको परिकल्पना साकार हुन्छ उनले भने ।
हिजो सरकारमा बस्नेहरुले करोडौ भ्रष्टाचार गरे । अहिले सरकारमा भएकोहरुले अरवै भ्रष्टाचार गरिरहेका छन । भ्रष्टाचार कहाली लाग्दो छ । सामाजिक असुरक्षा बढेको छ । जनतामा निरासा छन । प्रवक्ता विश्वकर्माले भने, यो अवस्थामा जनताका मुद्धाहरुलाई उठाउँदा सरकारले आतंककारीको जस्तो व्यवहार गर्नु अर्को द्वन्द्वलाई निम्त्याउनु हो ।
अहिलेका दल र तिनका नेताहरु विदेशी शक्ति केन्द्रबाट संचालन भैइरहेको उनको आरोप छ । विदेशी शक्ति केन्द्रकै प्रभाव र दवावमा परेर संसदवादी नेताहरुले आन्दोलन र क्रान्तिबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्न नसकेको उनले बताए । अहिलेको सिस्टर र लिडर फेलिएर भयो उनले भने, अव एकीकृत क्रान्तिवाट मात्रै जनताको हक र अधिकारलाई स्थापित गर्न सकिन्छ ।
पूर्व माओवादीका नेताप्रति निकै आक्रोशित देखिएका उनले जनयुद्धको समयमा जनताले गरेको विश्वासमाथी प्रचण्डले घात गरेको बताए । उनले भने, नयाँ घर निर्माण गरेर छानो छाउनै लाग्दा जगमा बम हानेर प्रचण्डले घर नै ध्वस्त पारे, त्यसैले अहिले हामी नयाँ किसिमले घर बनाउन जुटेका छौ ।
पछिल्लो समय आफ्नो पार्टीले जनताको विश्वास आर्जन गदै गएको तर्क गदै उनले जनतालाई साथमा लिएर एकीकृत जनक्रान्तिको यात्रा पुरा गर्ने बताए । हामीले उठाएको एजेण्ड पुरै सफल हुन्छौ उनले भने केही वर्षभित्रै जनताले नयाँ व्यवस्थाको अनुभूति गर्नेछन ।