सुर्खेतमा महामन्त्री खड्काको भव्य स्वागत

सुर्खेत, २ फागुन ।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई सुर्खेतमा भव्य स्वागत भएको छ । महामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका उनको भव्य स्वागत गरिएको हो ।


खड्कालाई स्वागत गर्न सुर्खेत विमानस्थलमा हजारै नेता कार्यकर्ता र सर्वसाधारण पुगेका थिए । बुद्ध एयरको विमानबाट ओर्लन वित्तिकै पार्टी सभापति कमलराज रेग्मी, प्रदेश सभा सासद यज्ञबहादुर बिसी लगायत ठुलो संख्यामा आएका काँग्रेसका नेता कार्यकर्ताले खादा दिएर स्वागत गरेका थिए । त्यसपछि बीरेन्द्रनगर बजार हुदै खड्का आफ्नो निवासमा पुगेका थिए ।

स्वर्गिय आमाको वर्षदिनको बरखी कर्ममा सहभागी हुन तीन दिनको लागि आफु सुर्खेत आएको महामन्त्री खड्काले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मितिः २ फाल्गुन २०७५, बिहीबार १०:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *