क्यान्टोन्मेन्टबाट हतियार बाहिरिएको खुलासा

सुर्खेत, २९ फाल्गनु ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल बलदेवले विप्लव समुहप्रति लक्षित गदै सेना समायोजनको बेला एउटा समुह हतियार लिएर अस्थायी शिविरबाट बाहिरिएको खुलासा गरेका छन् ।


तात्कालिक माओवादी लडाकुका डेपुटी कमान्डर समेत रहेका उनले अस्थायी शिविरबाट कति हतियार बाहिरिए भन्ने प्रस्ट नखुलाएपनि एउटा समुहले हयितार लिएर हिड्को स्वीकारे । उनले भने, मेरै नेतृत्वमा सेना समोजनको भैइरहेको थियो, नेपाली सेना आउँछ, सहकार्य गरेर जानु पर्छ भन्दा त्यतिवेलै एउटा समुहले क्यान्टोमेन्टमा आगजनी गदै हतियार लिएर बाहिएको थियो ।
बुधवार सर्खेतको बीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा उनले राजनीतिक दललाई प्रतिवद्ध लगाउने व्यवस्था नभएपनि विस्फोट गर्ने, धम्की दिने जस्ता गतिविधि गर्ने समुहलाई राजनीतक दल मान्न नसकिने उनले बताए । उनले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिनको लागि चन्द समुहको क्रियाकलापलाई सरकारले पूर्ण रुपमा नियन्त्रण गर्ने उल्लेख गरे ।
उनले देशलाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले तिव्र गतिमा काम गरिहरको दावी समेत गरे ।

प्रकाशित मितिः २९ फाल्गुन २०७५, बुधबार १२:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *