काँग्रेसको विचार पराजित भएको छैन् -महामन्त्री खड्का

सुर्खेत, २५ चैत्र ।
नेपाली काँग्रेसमा महामन्त्री पूर्णबहादुर खड्का चुनावमा दुई कम्युनिष्ट पार्टी मिल्दा पराजित भएपनि काँग्रेसको विचार पराजित नभएको बताए ।
उनको सम्मानमा काँग्रेस सुर्खेतले सोमवार बीरेन्द्रनगरमा गरेको कार्यक्रममा उनले दुई तिहाइको वर्तमान सरकारले आशा र अपेक्षा अनुसार काम गर्न नसकेको जनतामा निशास भएको बताए ।


काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्न आली सरकार असफल भएको आरोप पनि लगाए । प्राविधिक कारणले चुनावमा काँग्रेस पराजित भयो उनले भने, काँग्रेसको नेतृत्वमा चुनाव नभएको भए लोकतान्त्रिक गणतन्त्रको संविधान पहिल्यौ धरापमा परिसक्ने थियो । एउटा चुनाव हार्दैमा काँग्रेसको बिचार पराजीत हुदैन, महामन्त्री खड्काले भने, अब काँग्रेसका नेता र कार्यकर्ताले आफ्नो आचरण र व्यवहार सुधारेर जनतालाई विश्वास जगाउनु पर्छ । उनले कार्यकर्तालाई उच्च मनोवलका साथ संगठन विस्तारमा जुटन पनि आग्रह गरेका छन् ।
केन्द्रीय अनुशासन समितिका अध्यक्ष भीष्मराज आङदाम्व्यले काँग्रेसलाई बलियो बनाउनको लागि सवै जुटनु पर्ने उल्लेख गरे ।
केन्द्रीय सदस्य जीवनबहादुर शाहीले काँग्रेसलाई देशकै बलियो र ठुलो पार्टी बनाउने अभियानको नेतृत्व गर्न सुझाव दिए । अर्का केन्द्रीय सदस्य हृदयराम थानीले काँग्रेसलाई बलियो बनाउनको लागि एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वमन्त्री शीवराज जोशी, पूर्व राज्यमन्त्री तप्तबहादुर विष्ट, काँग्रेस सुर्खेतका पूर्वसभापति डम्वरविक्रम जिसी लगायत विभिन्न जनबर्गिय संगठनका प्रमुख तथा प्रतिनिधीले आफनो भनाई राखेका थिए । कार्यक्रम नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको हो ।

https://www.youtube.com/watchv=g3zi9h26sSI&feature=youtu.be&fbclid=IwAR1WGTrDb_ILZ3A5rgFn8CMol5gaBxFZlFSbxXjQ6PVbtgsG5WmIST-Gl74

प्रकाशित मितिः २५ चैत्र २०७५, सोमबार १८:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *