गोल्छाको निधनप्रति महामन्त्री खड्काद्धारा दुख व्यक्त

सुर्खेत, २७ चैत्र ।
नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले प्रसिद्ध उद्योगपति एवं पूर्व सासद दिवाकर गोल्छाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।


प्रसिद्ध ब्यापारिक घराना गोल्छा अर्गनाइजेशनका मालिक गोल्छाको निधनको खवरले आफु स्तव्ध भएको उनले बताएका छन । स्वर्गिय गोल्छाको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट पनि गरेका छन् ।
महामन्त्री खड्काले गोल्छाको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाएको बताएका छन् ।
गोल्छाको बुधबार राति भारतको चेन्नइमा निधन भएका भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको दुई साता अघि मृगौला प्रत्यारोपण गरिएको थियो ।
उनी पहिलो संविधानसभामा कांग्रेसबाट समानुपातिक सभासद थिए । हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेशनले चलाउँछ । उनको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने पारिवारले बताएका छन् ।

प्रकाशित मितिः २७ चैत्र २०७५, बुधबार १५:३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *