सुर्खेत, ३१ असार ।
नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले चाडो भन्दा चाडो तरुण दलको केन्द्रीय समितिलाई पूर्णता दिनु पर्ने बताएका छन् ।
संगठन सुदृढिकरण गर्न मेची महाकाली अभियानमा हिडेका उनले तरुण दललाई नयाँ गति र उर्जा दिन समितिलाई पूर्णता दिनु पर्ने बताए ।
मंगलबार सुर्खेतको बीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा उनले भने, ९५ सदसिय तरुण दलमा अहिले चारजना पदाधिकारी मात्रै छौ, त्यसैले केन्द्रीय समिति विस्तार गरेर नयाँ उर्जा दिनु आवश्यक छ ।
तरुण दलको महाधिवेसन आउन चार महिना मात्र वाकी रहेको उल्लेख गदै उनले केन्द्रीय कार्य समिति विस्तार गर्ने हिक्मत कसैले नगरे आफैले गर्ने दावी समेत गरे ।
नयाँ महाधिवेसन गर्ने समय आइसक्यो उनले भने अहिलेसम्म तरुण दलले पूर्णता पाएको छैन समिति विस्तार नगरे जिल्ला अधिवेसन गर्न प्रतिनिधी खटाउने मान्छे पनि हुदैनन् ।
तरुण दलको भूमिकालाई अझ शसक्त र जुझार वनाउनको लागि संगठन सुदृढिकरण र विस्तार आवश्यक रहेको उल्लेख गदै उनले अवको आन्दोलन भ्रष्टाचार विरुद्धको हुने बताए ।
महामन्त्री शाहीले गुटगत स्वार्थ भन्दा माथी उठ्न सके मात्र काँग्रेस र उसका भातृ संस्थाहरु बलियो हुनेमा जोड दिए ।
चाडौ पार्टी राजनीतिमा आउने संकेट गदै उनले काँग्रेसलाई जनताले सधै माया गरिरहे पनि दुई ठुला दलहरु मिल्दा पार्टीले हार व्यहोर्नु परेको उल्लेख गरे ।
उनले आउने चुनावमा काँग्रेस पार्टीले कर्णाली प्रदेशसहित देशमै पहिलो पार्टी बनाउन सवै एकजुट भएर लाग्नु पर्नेमा समेत जोड दिए ।
पत्रकार सम्मेलनमा तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्ट, विद्यार्थी नेता इश्वर विष्टलगायतको सहभागीता रहेको थियो ।