सुर्खेत, २१ कार्तिक ।
भारतले नेपालको भूभाग कालापानी मिचेको विरोधमा सुर्खेतमा पनि विद्यार्थीले विरोध प्रर्दशन गरेका छन् । भारतले नयाँ सिमा जारी गदै नेपालको भूमी पनि आफ्नो नक्सामा राखेपछि देश व्यापी विरोध प्रर्दशन भैइरहेको छ ।
विहिवार बीरेन्द्रनगरमा स्वतन्त्र दलित विद्यार्थी संगठन र अखिल छौठौले विरोध प्रर्दशन गरेका छन् ।
कार्यक्रममा स्वतन्त्र दलित विद्यार्थी संगठनका अध्यक्ष धनबहादुर नेपालीले नेपाली भूभि अतिक्रमण गरेको विरुद्ध एकजुट भएर प्रतिवाद गर्नु पर्ने बताए ।
विरोध जुलुसपछि भएको केणसभालाई सम्वोदन गदै अखिल छौठौका अध्यक्ष हरि बुढाले आफ्नो भूमिको रक्षाको सरकार गम्भिर हुनु पर्ने बताए ।