अतिक्रमण विरुद्ध चौतफी विरोध

सुर्खेत, २४ कार्तिक ।
सुर्खेतको बीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले नेपाली भूमि भारतले गरेको अतिक्रमणको कडा बिरोध गरेका छन् ।
स्वतन्त्र दलित विद्यार्थी संगठनले मध्यपश्चिमञ्चल विश्वविद्यालयमा गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा, भारतीय हस्तक्षेप विरुद्ध हाम्रो भुमिका विषयक कार्यक्रमका सहभागीले भारतीय हस्तक्षेप हेपाहा प्रवृति भएको बताए ।


विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध एवं कुटनिति बिभागका उप–प्रध्यापक उपेन्द्र विकले भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा ३१० वर्गकिलोमिटर क्षेत्रफल अतिक्रमण गरेको बताए ।
उप प्राध्यापक प्रचण्ड पोखरेलले सवै नेपाली एकजुट भएर भारतीय हस्तक्षेपको विरोध गर्नु पर्ने उल्लेख गरे ।


यस्तै अर्का उप प्राध्यायपक दुर्गाप्रसाद सापकोटाले भारतले अतिक्रमण गरेको भूभाग फिर्ता ल्याउनको लागि सरकार गम्भिर हुनु पर्नेमा जोड दिए ।
संगठनका अध्यक्ष धन बहादुर नेपालीले भारतीय हस्तक्षेप विरुद्ध चौतफी दवाव दिनुपर्ने बताए ।

प्रकाशित मितिः २४ कार्तिक २०७६, आईतवार १९:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *