बद्री पन्त
जाजरकोट २९, जेठ
तपतप पानी चुहिने जंगल बिचको कटेरोमा ६५ बर्ष बिताएको जाजरकोट पैंक ५, सरगाउ“की ७० बर्षीय सितली कामीको नया“ संसारको शुरुवात समेत भएको छ । १० बर्षे उमेरदेखि घर भित्र समेत पस्न नपाएकी उनी अहिले नया“ घर, वेडरुम, भान्छा र वाथरुम सहितको चिटिक्क परेको बास पाउ“दा खुशीले गद्गद् भएकी छन् । जंगलको छाप्रोमा दिन विताउदै आएकी कुष्ठ रोग पिडित उनलाई नया“ घरको बसाई अनौठो लागेको छ ।
सितली कामीको नया“घर ।
सितलीको पुरानो घर ।
सानैमा परिवार गुमाएर एक्ली भएकी उनी १० बर्षको उमेरदेखि कुष्ठ रोगबाट पिडित भइन् । उपचारको अभावमा दुवै हात र खुट्टा गुमाएर विच्ल भएको समाचार प्रसारित भएपछि उनको उद्धारको लागि आइ एन एफ कुष्ठ रोग प्रेषण केन्द्र सुर्खेतको ध्यान आर्कर्षण भएको थियो । गरीव दलित परिवारकी उनी आर्थिक अभावले समयमा उपचार गर्न नपाउदा दुबैको हात खुट्टा सडेर गएका थिए । उनी बामे सरेर गाउघर चाड्दै हिड्नु बाहेक अन्य कुनै विकल्प थिएन ।
अहिले उनको नयाँ जीवनको सुरुवात भएको छ । आइ एन एफ सुर्खेतले ३ लाख लागतमा पैंक ५ कै दलित बस्तीमा उनको लागि घर बनाई दिएको छ । सितलीले घर र पैसा पाउदा गाउले दङ्ग परेका छन् । केन्द्रले उनलाई जन्मथलो पैंकमै पुरस्थापना गरेको छ । त्यस्तै केन्द्रले साडे ३ महिनाको उपचार पछि घर फर्काएको हो । आइ एन एफ सुर्खेतले उनलाई गत माघमा उद्धार गरेर सुर्खेत र काठमाण्डौंमा उपचारका लागि लगेको थियोे ।
त्यस्तै हेन्डसम सुनार भर्सेज विउटीफुल सुनारनी सामाजिक सञ्जाल ग्रुपका सदस्यहरुले सितलीलाई १ लाख ८ हजार र सिन्धुपाल्चोक, थुम्पाखर ३ का मोहन विक्रम कार्कीले २० हजार आर्थिक सहयोग गरेका थिए । साडे तीन महिना पछि गाउ फर्केकी सितलीलाई घरको भन्दा चल्ला र कुकुर भेट्न हतारो थियो । पैंक गाउ पुेगेपछि नयाँ घरमै गाउलेले उनको चल्ला र कुकुरसंग भेट गराए ।
बाजागाजा र फुल माला सहित घरमा राखेपनि सितलीले कुकुरलाई नभेट्दा सम्म संतुष्टी हुन सकेन । उनलाई कुकुर भए नभएको विश्वास पनि लागेन, उनले भने । उनी घर पुगेको १ घण्टा लगत्तै १ हजार खर्च दिएर डोको चढेर कुकुरलाई भेट्न जंगल छेउ पुगिन् । उनी कराएको आवाज सुन्न साथ कुकुरले लुतीपुती गर्दै जिउमै हाम फाल्यो । अनि उनको अनुहारमा थप खुशी आयो ।
यो बुढेशकालमा उपचारका साथै घर बनाएर छोरीलाई दाइजो दिए जस्तै गुण लगाउनु भयो, सितलीले भनीन् । कसैले पैसा, कपडा र खानेकुरा । कसैले घर निर्माण । तपाईहरु सबैजना मेरा माईती हुनु भयो, उनले भनीन् । मेरो यो संसारमा कोही छैन भन्ने ठानेको थिए । ६ दशकसम्म कष्ट काटें । अव सुख पाउने भए । यस्तो चिटिक्क परेको घर पाउला भन्ने आशा नै थिएन, त्यसैमा नगद पैसा, लत्ता कपडा समेत पाउदा उनमा खुसीको सिमानै रहेन ।
कुष्टरोग पिडित ७० बर्षीय बृद्धाको कष्टकर जीवन शैलीलाई मध्यनजर राखेरै उपचारका साथै घर निर्माण गरेर पुनरस्थापना गरेको आइ एन एफ सुर्खेतका उदय नाथ योगीले बताउनु भयो । सामाजिक उत्पीडनमा परेकी उनको पुनरस्थापना गर्न पाउदा आइ एन एफ परिवार खुशी भएको छ । अझैं पनि उनलाई छुन नमान्ने धेरै छन् । समयमा उपचार गरीदिएको भए र घरमा बास दिएको भए उनको यस्तो हालत हुदैन्थ्यो । सितलीको उपचार तथा पुनरस्थापनामा ६ लाख बढी खर्च भएको योगीले बताउनु भयो । उनीस“ग बस्ने घर भयो । तत्कालका लागि पैशा पनि छ ।