तरकारी खेतीले उकासेको जीवन

IMG_1150वद्री पन्त
जाजरकोट १, असार ।
आर्थिक आम्दानीका लागि व्यापार गर्ने र जागिर खानेजस्ता योजना धेरैले बुनेका हुन्छन् ।

व्यापार र जागिरको सम्भावना नभए वैदेशिक रोजगारीलाई अन्तिम उपाएका रुपमा प्रयोग गर्नेको संख्या दिनुहुँ आकाशिदै गएको छ । तर, देशका यस्ता पनि गाउँ घर छन् । जहाँका युवाहरु रोजगारी खोज्न विदेश नै जानु पर्दैन, रोजगारीका लागि छिटफुट रुपमा विदेशिएका र गाउँबाहिर गएका युवा पनि रोजगारीमा लागेका छन् । त्यसै मध्येका एक हुन, जिल्लाको भेरीमालिका नगरपालिका ५ पुन्मा इभरका मनविर रोकाय । उनी धेरै पटक कामको खोजीमा भारतको कालापाड गए । त्यहाँको कमाइले घर खर्च चलाउन धौ धौ भयो । तर उनले गाउँमै तरकारी खेतीवाट मनग्य आम्दानी गर्न सफल भएका छन । तरकारी खेतीले उनको दैनिकी फेरिएको छ ।
इभरमा २०६५ सालमा गरिवी निवारण कोष कार्यक्रम सन्चालन भएको थियो । उनी प्रगतीशिल सामुदायीक संस्थाका अध्यक्ष वन्ने मौका मिल्यो । संस्थामा पहिलो किस्ताको ९ लाख ३० हजार घुम्तीकोष रकम प्राप्त भयो । उनले ८ हजार घुम्तीकोष रकम लिएर पहिलो पटक १ रोपनी जग्गामा तरकारी खेती सुरु गरे । खेतवारीमा वेमौसमी आलु, लहरे फर्सी, काक्राँ, करेला, काउली, वन्दागोपी, टमाटर लगाए । तरकारीवाट राम्रो आम्दानी हुने भएपछि ४ रोपनी बारीमा अहिले तरकारी खेती थालेका छन । संस्थाको सहयोगले मेरो जीवनमा ठुलो परिवर्तन आयो, उनले भने । मेहेनत गरे गाउँमै सुन फलाउन सकिन्छ । छोराछोरी पढाउन र घर खर्च चलाउन सजिलो भएको उनले बताए । हावापानी र मलजल पुगेपछि आम्दानी राम्रो भयो । अन्य वाली मासेर तरकारीमात्र लगाएका छन । उनको मासिक आम्दानी ३० हजार हुन्छ । भने बार्षिक आम्दानी ३ लाख ५० हजार पुग्छ ।
तरकारी खेतीले गाउँमा खुशी ल्याएको छ । उनी अहिले व्यवसायिक खेतीमा लागेका छन् । जिविस स्थानिय विकास कोष गरिवि निवारण कोष कार्यक्रम संयोजक धनबहादुर रावतले बताए । न्युन आय भएका परिवारको जिवन स्तर उकासिएको छ । त्यहाँ उत्पादित तरकारी सदरमुकाम खलंगा र स्थानिय वजारमा विक्रि गर्दै आएको, उनले भने । उनले खलंगाको ठाटीबजारमा एक घर बनाएका छन्, भने सुर्खेतमा एक वटा घडेरी लगेका छन् । उनको घरमा भैसी पनि छ । दुध विक्रीबाट पनि मासिक १२ हजार आम्दानी हुन्छ, उनले भने । मेरो घरमा पहिला केहि पनि थिएन । यो सबै संस्थाको सहयोग हो । यो सिजनमा १ लाखको तिते करेला, ६० हजारको चिचिन्न, ३० हजारको खुर्सानी अत्पादन भएको छ, उनले भने । तरकारी विक्रीमा समस्या छ, विहाना ३ वजे उठेर तरकारी डोकोमा वोकेर बजार लिनु पर्छ, उनले बताए ।

प्रकाशित मितिः १ असार २०७३, बुधबार ११:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *