अनाथ बालवालिकाको लागि एसओएस वालग्राम सुर्खेत

index
तस्वीर गुगलवाट

सुर्खेत, ४ असार ।
एसओएस वालग्राम सुर्खेतले वालग्राममा रहेका अनाथ बालबालिकाहरुका लागि सहयोग अभियान चलाउने जनाएको छ ।
कुनै पनि व्यक्ति वा संघसंस्थाले क्षमता अनुसार १ सयदेखि ६ सयसम्म रुपैयासम्म विभिन्न विधाबाट बालबालिकाहरुलाई सहयोग गर्न सक्ने वालग्रामले बताएको छ ।
३० औं एसओएस दिवसको अवसर पारेर बालग्रामले सहयोग अभियान चलाउन लागेको उल्लेख गरेको छ ।
शनिवार एसओएस वालग्राममा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले आफनो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा एसओएस बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले अनाथ, गरीव बालबालिकाहरुको सर्वोपरी हितका लागि समाजबाट सानो सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।
यस्तै एसओएसका वालग्राम व्यवस्थापन समिति सदस्य निलकण्ठ खनाल भावनात्मक सम्वन्ध कायम गदै बालग्रामले आगामी दिनमा समुदायका सवै पक्षहरुबाट सहयोगको अपेक्षा राखेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भैरम सामुदायिक वनका अध्यक्ष अम्मरबहादुर कार्की, विभिन्न लायन्स क्लवका अयिभन्ताहरु बसन्तकुमार रेग्मी, बिजय पराजुली, भुपेन्द्र विसी, सुर्खेत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बासुदेव शर्मा, पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारती लगायतले अनाथ बालबालिकाहरुलाई पढनको लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रकाशित मितिः ४ असार २०७३, शनिबार १२:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *