विश्वकै दुर्लभ रेडपाण्डा र लोपोन्मुख गिद्धहरु जाजरकोटमा

शव्द÷तस्वीर वद्री पन्त
p 3सक्लाका आधा वडाहरु सुन्दर विलासपुर हिमालको काखमा रहेको सक्लाका सवै भू भागमा खेतीयोग्य जमीन छ । लैखमगाउं जस्तो वेंसी र लुहाग जस्तो चिसो मौसम रहने यस गा.वि.सको न्युनतम १२ सय मिटर देखी अधिकतम ४ हजार ६ सय मिटर सम्म उचाईका भू भाग जैविक विविधताले ओगटेकोछ ।
हिमालमा पाईने मुल्यवान र दुर्लभ जडिवुटीहरु गुच्चीच्याउ, पांचऔंले, जटामसी, डालेचुक, वनलसुन, सतुवा, चिराईतो, पन्युच्याउ र शिलाजितनै यस गा.वि.स.का वासिन्दाहरुलाई मनग्गे आम्दानीको श्रोत हो । गा.वि.स.को सागवारी लगायतकास्थानीय निगालो लेकाली जंगलमा विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा फेला परेका छन् भने नेपाल सरकारले संरक्षित सूचीमा राखेका लोपोन्मुख र दुर्लभ वन्यजन्तुहरु संगै गिद्ध लगायतका पंछीहरु पनि सक्लाका रैथाने हुन् ।
DSCN4342वन्यजन्तुहरुमा झारल, कस्तुरी, थार, वंदेल, चितुवा, भालु , पानीओत , व्वा“सो हरु पाईन्छन् भने पंछीहरुमा अतिसंकटापन्नको सूचीमा रहेको लोपोन्मुख सुनगिद्ध –(कालीगिद्ध)– संगै अन्य संकटापन्न गिद्धका २ प्रजाती पनि फेला परेका छन् । सेतो गिद्ध र हाडे गरुड(हाडफोर) र हिमाली गिद्ध – पनि अध्ययनका क्रममा सक्लाका विभिन्न भीरपहरामा गु“डनै फेला परेका छन् नेपाल पंछी संरक्षण संघका फिल्ड वायोलोजिष्ट कृष्ण प्रसाद भुषालले जाजरकोटको सक्लामा ४ प्रजातीका गिद्ध फेला पारेका थिए ।
जंगलमा मुल्यवान जडिवुटी लगायत लौठसल्ला, भोजपत्र,देवदार,ध्यारसल्लो,रातो र सेतो गुरा“स जस्ता साना ठुला वनस्पति पाईन्छन् ।
यौटा माध्यमिक विद्यालय, ३ वटा निम्न माध्यमिक र ९ वटा प्राथमिक विद्यालय, यौटा स्वास्थ्यचौकी र यौटा पशु सेवा केन्द्र, यौटा प्रहरीचौकीले सेवाग्राही लाई सेवा दिई रहेकाछन् । सक्ला गा.वि.सले सवै राजनैतिक दलहरुमा लोकप्रिय जिल्ला स्तररिय राजनैतिक कार्यकर्ताहरु पठाएकोछ । मध्यपश्चिमकै पहिचान संगै आर्थिक विकासको मुलद्धार खोल्ने संभावना वोकेको वहुप्रतिक्षित ४१० मेगावाट क्षमताको नलसिंहगाड जल विद्युत आयोजनाको मुख्य सुरु¨मार्ग र मुख्यवांध स्थल यसै गा.वि.स.मा पर्छ भने यस गा.वि.स.मा ११ सय घरपरिवारका ठकुरी, क्षेत्री, दलित, जनजाती का वासिन्दाहरु मध्य ३,१९८ महिला र ३३४३ पुरुषहरु समेत जम्मा ६,५४१ जना स्थायी वसोवास गर्छन् । यसमध्ये १३३४ दलित र १८२ जनजातीको वासोवास छ ।

विश्वलाईनै प्रकृतिको उपहार दिन मिल्ने वन्यजन्तु तथा पशुपंछीहरु यस गा.वि.स.मा फेला परे पछि संरक्षण गर्नु पर्ने हेतुले स्थानीय गैसस बारेकोट पर्यावरण तथा एकीकृत विकास अभियानको सहकार्यमा जनचेतनाका लागी यो प्रचार सामाग्री तयार गरिएको हो ।
IMG_0183गिद्ध के हुन ?
“प्राकृतिको कुचिकार” भनेर चिनिने गिद्ध मरेका जनावरलाई मात्र आहारा बनाउने एक मांसाहारी पंक्षी हो र यसको पर्यावरणीय चक्र र खाद्यश्रृंखला सन्तुलीत र गतीशिल राख्न महत्वपुर्ण भूमिका हुन्छ । आफै सिकार नगर्ने तर मरेका जनावरहरुको सिनो मात्र खाने गिद्धहरु प्रदुषित र दुर्गन्धित बातावरणलाई स्वच्छ र सफा राखी विभिन्न महामारी सरुवा रोगहरु हैजा, रेबिज, प्लेग, एन्थ्राक्स, क्षयरोग, फैलन बाट रोक्छन । यसर्थ गिद्ध प्रकृतिको अभिन्न अङ्ग हो र यसको उपस्थिती पारिस्थितीकीय स्वस्थताको अनिवार्य आवश्यकता हो । दक्षिण एशियामा पाईने ९ मध्ये सवै प्रजातिका गिद्धहरु नै नेपालमा पाईन्छ । ति मध्ये ६ प्रजातीका गिद्धहरु गुँड बनाई बच्चा कोरल्छन भने ३ प्रजातीहरु नेपालमा हिउँदे आगन्तुकको रुपमा मात्र आउने गर्छन ।
जाजरकोट जिल्लामा हालै पंछी संरक्षण संघले गरेको अध्ययनमा मध्यपहाडमा पाईने ४ वटै लोपोन्मुख प्रजातीहरुको यहाँ बासस्थान छ । हिमाली गिद्ध, सेतोगिद्ध, हाडफोर गिद्ध र कालीगिद्ध(सुनगिद्ध) एउटै सिनो (खाना) र बासस्थानलाई विभिन्न प्रजातिहरु सामुहिक उपयोग गर्ने गिद्धहरु अग्ला बलिया रुख र चट्टानी पहराहरुमा गुँड बनाई उच्च र खुल्ला ठाउँमा बस्छन र खासगरी जिल्लाको उत्तरी भेक सक्ला र नायकवाडा लगायतका लुहाग, धुम, लैखम, अधेंरीखोला, छुतीपाल्तीका जंगल र भिर पहरामा यिनको बासस्थान अध्ययनका क्रममा पत्ता लागेका छन् । पहरामा गुड बनाउने तिन प्रजाती बच्चा कोरल्छन जुन एउटै पहारामा तिन प्रजातीको बासस्थान भएको नेपालको पहिलो अध्ययन हो । सिनो टाढैबाट देखेर पत्ता लगाउने गिद्धहरु मानिस भन्दा आठगुणा टाढासम्म देख्छन । सिनो खोज्न तिनसय कि.मि.टाढासम्म उडने गिद्धहरु औषत तिन दिनमा एक के.जी.खाने गर्छन ।
DSCN4361किन घटे गिद्ध
दशक अघिसम्म हाम्रो देशको हिमाल देखि तराई सम्मका विभिन्न स्थानमा सयौ गिद्धका समुहहरु देख्न सकिन्थ्यो तर आज त्यो दृश्य दुर्लभ भएको छ र यत्रतत्र सर्वत्र पाईने गिद्धहरु पृथ्वीबाटै लोप हुने खतरा छन । विगत दश वर्ष यता नेपाल लगायत दक्षिण एशियामा गिद्धको संख्या९ ५ प्रतिशत भन्दा बढीले घटेको विभिन्न अभ्ययनहरुले देखाएका छन् । अन्तराष्ट्रिय प्रकृतिसंरक्षण संघ (आई.यु.सि.एन ) को सङकटापन्न सुचिमा सुचिकृत गरेको छ । अतिसङकटापनन्न सुचिमा परेका प्रजाती आउने १० वर्ष भित्र लोप हुने संभावना ५० प्रतिशत हुन्छ । विभिन्न बैज्ञानिक प्रयोगहरुबाट गिद्धको संख्या यसरी अप्राकृती र नाटकिय रुपमा घटनु प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरीने औषधी डाइक्लोफेनेक भएको पत्ता लागेको छ । सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफोनेकले उपचार गरिएका जनावर मरेपछि तिनको सिनो खाने गिद्धमा मृगौलाले काम गर्नछाड्छ पलस्वरुप गिद्ध केहि दिनैमै मर्छ गिद्धहरु समुहमा खानेहुदा डाइक्लोफेन प्रभावित एउटै सिनोबाट पनि ठुलो संख्यामा मर्छन । यसका साथै अरु सहायक कारणहरु बासस्थानको बिनाश आहारामा कमी र सिनोमा विषादीको बढ्दोे प्रयोग आदि पनि छन ।
सक्लामा गिद्ध संरक्षणका प्रयास
नेपाल सरकारले गिद्ध संरक्षण कार्ययोजना २००९–२०१३ लागु गरी डाइक्लोफेनेको पुर्ण प्रतिवन्ध लगाए पछि गिद्ध विनाशको प्रमूख कारण डाइकलोफेनक भएको गिद्ध संरक्षणक लागि नेपाल सरकारले जेठ २३, २०६३ देखि पशुउँपचारमा प्रयोग गरिने डाईक्लोफेनक उत्पादन, आयात, बिक्रि र प्रयोगमा प्रतिवन्ध लगाएको छ । त्यसको विकल्पमा डाइक्लोफेनक जतिकै प्रभावकारी तर गिद्ध अरु चराचुरुङी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्रिवितरण शुरु गरिएको छ ।
जाजरकोटमा गिद्धको संरक्षण र अध्ययन गर्ने सक्ला गाविसले अरु सवै लाई उछिनेकोछ । यस गाविसले रेडपाण्डा लगायत वन्यजन्तु संरक्षणमा पैरवी गर्दै आई रहेको स्थानीय गैसस बारेकोट पर्यावरण तथा एकीकृत विकास अभियानको सहकार्यमा २०७० चैतको अन्तिम साता देखि छिमेकी गा.विसहरु लह र नायकवाडा समेतमा नेपाल पंछी संरक्षण संघ वाट अध्ययनकर्ता लाई आमन्त्रण गरि गिद्धहरुको भोज गरेर गिद्ध जम्मा गरि गिचहरुको प्रजाती पहिचान गर्ने काम गरयो । गिद्धहरुको अध्ययन संगै यस गाविसले सक्ला सेपुखोलामा गिद्ध संरक्षणको लागी वृहत रुपमा “गिद्ध को महत्व र संरक्षणका उपायहरु” वारे जनचेतनामूलक गोष्ठी र वृतचित्रको प्रदर्शनी समेत गरयो । आफनो गाविसलाई गिद्ध सुरक्षित गाविस घोषणा गर्न सवै वडाहरुमा विभिन्न प्रचारात्मक अभियानको थालनी गरेको छ । यस गाविसले गिद्धको पर्यावरणीय महत्व बारे जनचेतना अभिवृद्धि गर्ने कार्य गरिरहेको छ ।

SAM_4908गिद्ध संरक्षणमा हामी के गर्न सक्दछौ
१. प्रतिवन्धित डाइक्लोफेनक औषधिको सट्टामा मेलोसिक्यामको प्रयोग गर्राै र किटोप्रोफेन, निमुस्लाइड र एसिलोफेनेक औषधिहरु पनि गिद्धका लागी हानिकारक भएकोले पशु उपचारमा पं्रयोग नगरौं ।
२. सल्ली, सिमल जस्ता अग्ला र ठुला प्रजातिका रुखहरु संरक्षण गरौ र गिद्धका गुँडहरु भएका रुखहरु नकाटौ, ३. गा.वि.स र सामुदायिक बन उपभोक्ता समूहहरुले आफ्नो कार्ययोजनामा गिद्ध लगाएत अन्य वन्यजन्तु र वातावरणको संरक्षण गने कार्यक्रम समावेश गरौ र स्थानीय स्तरमा संरक्षण क्लबहरुको निमार्ण गरौ ।
४. गिद्धका बासस्थान र उच्च घनत्व भएका क्षेत्रलाई गिद्ध संरक्षित क्षेत्र घोषणा गर्न पहल गरौ ।
५. काठको अवैध कारोबार, वन्यजन्तु तस्करी र वनडढेलोलाई रोकौ । ठूलावडाहरुले यौटा खसी खाएकै भरमा छिमेकी जिल्ला वाट आउने हजारौं भेडावाख्राका गोठहरु नियन्त्रण गरौं । वीउनै मासिने गरि जडिवुटी संकलन नगरौं ।
६. विद्यालयका अतिरिक्त पाठ्यक्रम र क्रियाकलापहरुमा गिद्ध र पर्यावरण संरक्षण सम्बन्धी विषयहरु समावेश गरौ । शिक्षकहरुले विद्यार्थीहरु लाई गिद्धको महत्व र संरक्षण गर्ने वारे ज्ञान दिनु होस ।
७. जिल्लाका स्थानीय सरकारी निकाय, गैर सरकारी संस्था, अनुसन्धानकर्ता र समुदायहरुबिच समन्वय गरी लोपोन्मुख प्रजाती र समग्र जैविक विविधता संरक्षणमा हातेमालो गरौ ।
८. गाउघरमा वाघ र स्याल मार्ने भन्दै मरेको सिनोमा विष नहाल्नु होस् ।
९) धामी झा“क्रीको भनाईमा लागेर गिद्धका चल्ल्लाहरु गु“ड वाट नझिक्नु होस् ।
१०) वन्यजन्तुहरुका छाला र हाड खरिद गर्ने तस्करहरु गाउं पसे पछि गोप्य रुपले प्रहरी अथवा गाविसलाई खवर गर्नु होस ।

प्रकाशित मितिः १८ असार २०७३, शनिबार ०९:५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *