बद्री पन्त
जाजरकोट २४, असार
जाजरकोट जिल्लामा दुर्लभ वन्यजन्तुको चोरी शिकार बढेको छ ।
नायकवाडा, रोकायगाउँ, सक्ला, रामीडाडा, लहँ, ढिमे, पैक, रग्दा, भवगती लगाएत ३० वटै गाविसहरमा दुर्लभ वन्यजन्तुको दिन प्रतिदिन चोरी शिकार बढेको छ ।
चोरी शिकारी बढेपछि जंगली जनावरको संख्या घढ्दो अवस्थामा रहेको छ । शिकारीले भरुवा बन्दुक, पासा, औषधीको सहाराले जंगली जनावर मार्ने गरेको स्थानीयले बताएका छन ।
गाउँमा घरेलु हतियार भरुवा बन्दुक छ्यापछ्याप्ती छन् । चोरी शिकारी नियन्त्रणमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीयवासीले गुनासो गरेका छन ।
जिल्लाका विभिन्न भेकमा पाईने बदेल, रतुवा, मृग, भालु, घोरल, थार, खरायो, झारल, रेडपान्डा, कस्तुरी, डा“फे, चिरकालिज, फग्रास, मुनाल, कालिज, चाखुरा, तिथ्रा लगाएत जंगली जनावर तथा पंक्षीको चोरी शिकारी बढेको छ ।
स्थानीयले लुकाएर राखेको घरेलु हतियार बन्दुक नियन्त्रणमा लिनु पर्नेमा स्थानीयले जोड दिएका छन ।
यता विभिन्न बन ईकाइमा कार्यरत बन प्राविधीकलाई चोरी शिकारी नियन्त्रणमा कढाईका साथ लाग्न निर्देशन गरेको जिल्ला बन अधिकृत उपेन्द्र प्रसाद पटेलले बताए ।
अतिक्रमण, डढेलो, चरीचरन लगाएत कारण बन विनास बढेपछि जंगली जनावर तथा पंक्षीको बासस्थान संकटमा पर्दै गएको उनको भनाई छ ।
बन संरक्षण तर्फ सम्बन्धित समुदायले चासो दिनु पर्छ तर ध्यान दिएको पाइदैन त्यसैले यस्तो समस्या आएको हो ।
गाउँमै अबैध घरेलु बन्दुक निर्माण हुने र स्थानीय प्रशासनले पनि अबैध रुपमा राखिएका घरेलु बन्दुक प्रशासनमा बुझाउन सुचना मार्फत जानकारी गराउदै आएको छ ।