जनज्योति उमाविका विद्यार्थी समुहलाई युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार

DEF_1182
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलवाट पुरस्कार र सम्मान ग्रहण गदै विद्यालयका प्राचार्य नारायण सिग्देल । साथमा युवा परिषद शाखाका उपसचिव धुव्रराज पौडेल ।
DEF_1411
यसपटक युवा प्रतिभा तथा युवा उद्दमी प्रोत्साहन पुरस्कार २०७३ पाउनेहरु । तस्वीरहरु नारायण सिग्देल ।

सुर्खेत, २६ असार ।
सुर्खेतको जनज्योति उच्च माध्यामिक विद्यालय कुनाथरीका विद्यार्थी समुहले युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार पाएको छन ।
अध्ययनको साथै समयको व्यवस्थापन गदै कृषि र पशुपंक्षी कार्यक्रम संचालन गरी व्यवहारिक शिक्षा र उद्यमसिलताका क्षेत्रका प्रेरित गर्न योगदान गरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले विद्यार्थी समुहलाई पुरस्कार दिएको हो ।
काठमाडौमा भएका कार्यक्रमा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले ५० हजार राशीको पुरस्कार विद्यार्थी समुहलाई प्रदान गर्नु भएको हो ।
युवा प्रतिभा तथा युवा उद्दमी प्रोत्साहन पुरस्कार २०७३ पाएपछि विद्यालयका प्राचार्य नारायण सिग्देलले पुरस्कारले विद्यार्थीको हैसला अझ वढाएको वताउनु भयो ।
नेपाली युवामा सिजनशिलता, उद्यमशीलता र सकारात्मक सोचको विकास गर्ने उदेश्यले मन्त्रालयले विभिन्न युवा तथा युवा समुहलाई हरेक वर्ष यो पुरस्कार प्रदान गदै आएको छ ।
कुनाथरी–४ मा रहेको विद्यालयले आत्मनिर्भरताका माछापालन, तरकारीखेती, मौरीपालन, पिसाब सङ्कलन लगायत काम गरिरहेको छ ।
विद्यालयका प्राचार्य सिग्देलले कृषिफार्मले विद्यालयलाई आत्मनिर्भर बनाउनुको साथै उनीहरुलाई व्यावहारिक शिक्षा पनि प्रदान गरिरहेको बताउनु भयो ।
सधै सरकारको मुख ताकेर मात्र हुँदैन भनेर वैकल्पिक उपायको खोजी गदै सृजनात्मक काम गरेकोले विद्यार्थी समुहले पुरस्कार पाउन सफल भएको उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः २६ असार २०७३, आईतवार ११:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *