लाइन्स काँक्रेविहारको अध्यक्षमा बिन्दु नेपाल

13659143_2065773753646776_3040588906222464770_n
बिन्दु नेपाल

सुर्खेत, २० साउन ।
लाइन्स क्लव अफ सुर्खेत काँक्रेविहारको अध्यक्षमा बिन्दु नेपाल चयन हुनु भएको छ ।
लाइन्स क्लव अफ सुर्खेत काँक्रेविहारको भेलाले नेपाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
भेलाले प्रथम उपाध्यक्षमा गौमाया पौडेल, दितीय उपाध्यक्षमा शारदा शेर्पा र तृतीय उपाध्यक्षमा चन्द्रा गौतमलाई चयन गरेको छ ।
२५ सदसिय कार्य समितिको सचिवमा भद्रकुमारी ढकाल र कोषाध्यक्षमा पदमा पौडेल चयन हुनु भएको छ ।
महिलाहरु मात्र आवद्ध रहेको लाइन्स क्लव अफ सुर्खेत काँक्रेविहार ६ वर्ष अघि स्थापना भएको थियो ।
13876279_2079434592280692_2098703843239792277_nनवनिर्वाचित अध्यक्ष विन्दु नेपालले विहीवार पदभार ग्रहण गदै लाइन्स क्लव आफ सुर्खेत काँक्रेविहारलाई सामाजिक सेवाको काममा थप क्रियाशिल वनाउने वताउनु भएको छ ।
अध्यक्षको जिम्मेवारी पाएकोमा खुशी व्यक्त गदै उहाँले यसले सामाजिक सेवामा अझ सक्रिय भएर लाग्ने प्रेरणा मिलेको वताउन भयो ।
उहाँले आफनो ज्ञान, सीप र क्षमताले भ्यायसम्म आफनो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मितिः २० श्रावण २०७३, बिहीबार ०८:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *