सुर्खेत, २७ साउन ।
सुर्खेतका ६ बर्षीय ब्लड क्यान्सर पीडित बालकलाई उपचारको लागि सहयोग गर्न आफन्तले अपिल गरेका छन ।
साविकको गुमी ४ हाल शुभाघाट गंगामाला नगरपालिका ८ का ६ बर्षीय बालक सुगम चौधरी व्लड क्यान्सरबाट पीडित भएपछि उपचारको लागि आर्थिक समस्या भएको भन्दै परिवारले सहयोग गर्न अपिल गरेका हुन ।
बालक सुगमको अहिले चितवनको क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
बालक चौधरीकी काकी डम्मरी नेपालीले बालक सुगमको पारिवारिक अवस्था कमजोर भएकोले उपचारमा कठिनाइ भएको बताउनु भयो । सुगमका बुवा मिठुलाल चौधरी डकर्मी पेशामा हुनुहुन्छ ।
गत जेठमा शरीरमा साना दानाहरु देखिएको र त्यही अनुसारको उपचार गरिएको तर असार महिनामा मात्रै बालकलाई व्लड क्यान्सर भएको पत्ता लागेको उहाँले जानकारी दिनुभयो ।
बालकको साथमा आमा हरिमाया चौधरी रहेको र बाबु मिठुलाल आर्थिक स्रोत जुटाउन लागिपरेको वताएको छ ।
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले बालक सुगमलाई व्लड क्यान्सर लागेको पत्ता लगाउनु भएको थियो ।
डा केसीले आर्थिक सहयोग जुटाउन सके बालकको उपचार सम्भव भएको दावी गर्नुभयो ।
परिवारजनलाई बैंकमा खाता खोल्न आग्रह गर्दै डा. केसीले पहिलो सहयोग आफूले नै गर्ने जानकारी दिनुभयो ।
डा केसीले वालको उपचाकरो लागि अहिले करिव डेढ लाख लाग्ने अनुमान जानकारी दिनुभयो ।
बालक सुगमकी काकी डम्मरीले विहीवार नै बैंक खाता खोल्ने जानकारी दिनु भएको छ ।
वालक चौधरीलाई सहयोग गर्न चाहनेलाई मोबाइल नं.उहाँको ९८४८१०५९७७ र बालकको आमा हरिमाया चौधरीको मोइबाल नं. ९८१५५८८७५२ मा सम्पर्क गर्न सकिने छ ।