स्याक नेपालको अध्यक्षमा पुनः मीना तिवारी शर्मा

_784201658391336_7704814079645421214_n सुर्खेत, ३० साउन ।
समाज जागरण केन्द्र स्याक नेपालको अध्यक्षमा पुनः मीना तिवारी शर्मा सर्वसम्मत निर्वाचित हुनु भएकाे छ ।
शनिबार वीरेन्द्रनगरमा भएको समाज जागरण केन्द्र (स्याक) नेपालको २१ औं वार्षिक साधारण सभाले तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमित सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा खगेन्द्रप्रसाद सापकोटा, महासचिवमा गंगा गुरुङ्ग, कोषाध्यक्षमा शोभा तिवारी र सचिवमा रिमा नेपाली.रहनु भएको छ ।
यस्तै, सदस्यहरुमा भने धना जिसी (शाही), बलराम सुवेदी, नवराज खड्का रहनु भएको छ । तर तीन सदस्य भने पछि मनोनित गरिने बताएको छ ।
यस्तै संस्थाको संरक्षकमा डा. सुरेशकुमार तिवारी तथा सल्लाहकारमा पूर्णप्रसाद पौडेल र गोपीकृष्ण ढकाल रहनु भएको छ ।

प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०३:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *