बद्री पन्त
जाजरकोट ६, भदौ ।
नेपाल पत्रकार महासंघले डेढ वर्ष अघि मृत्यु भएका जाजरकोटका पत्रकार वीरवहादुर शाहीकी श्रीमति सरस्वती शाहीलाई ५० हजार नगद सहयोग गरेको छ ।
विभिन्न दुर्घटनामा मृत्यु भएका पत्रकारका सन्तानहरुको सहयोगका लागि महासंघले पत्रकार सन्तति वृत्ति स्वरुप रकम प्रदान गरेको हो ।
मंगलवार नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले गरेको कार्यक्रममा पत्रकार शाहीकी श्रीमतिलाई महासंघका कोषाध्यक्ष सुर्यमणी गौतमले ५० हजारको चेक हस्तान्तरण गर्नु भएको हो ।
पत्रकार शाहीको २०७१ माघ १९ गते आफनै गाउँ नायकवाडामा वाटोमा रुख ढलेर ज्यान गएको थियो ।
महासंघको आन्तरिक कोषवाट सन्चालन हुने सन्तति वृत्ति यस वर्ष देखि निरन्तर रुपमा दिइने र यसका लागि महासंघले छुटटै कोष निर्माणको काम सुरु गरिसकेको कोषाध्यक्ष गौतमले वताउनु भयो ।
महासंघका साधारण सदस्यहरुको सदस्यता र नवीकरण शुल्कवाट प्राप्त रकमवाटै पत्रकार सन्तति वृत्ति सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
सन्तति वृत्ति हस्तान्तरण कार्यक्रममा वोल्ने वक्ताहरुले नेपालमा सवैभन्दा वढी पिडित पत्रकार भएपनि सरकारले प्रयाप्त सहयोग गर्न नसकेको बताएका छन ।
नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष जनक केसीले महासंघको सन्तति वृत्तिले पत्रकारका पिडित परिवारलाइ ठुलो सहयोग मिलेको वताउनु भयो ।
यस अघि गत वर्ष मृतक शाहीको परिवारलाइ पत्रकारमहासंघ केन्द्रिय समितिले १५ हजार, जाजरकोट शाखाले १५ हजार, नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष केसीले ५ हजार र अमेरीकामा वस्ने नेपाली विना वोगटीले २५ हजार रुपैया सहयोग गरेका छन् । विनाले शाहीका छोराहरुको १० कक्षा सम्मको पढाइ खर्च वेहोरिदिने बताउनु भएको छ ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्की, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष वीरवहादुर गिरी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, स्थानीय विकास अधिकारी इन्द्र गौतम, काँग्रेस सचिव भुमिलाल सिंह, नयाँ शक्ति नेपालक संयोजक प्रशान्त शर्मा, नेकपा माओवादी केन्द्रका प्रताप जैसी, एमालेका नवेन्द्र नेपाली, प्रेस सेन्टर नेपाल जाजरकोटका अध्यक्ष हेमन्त केसी लगाएतले पत्रकारको पेशागत एवम भौतिक सुरक्षाको ग्यारेन्टी हुनु पर्नेमा जोड दिनुभएको छ ।