स्ववियू चुनावमा होमियो नेविसंघ

14034941_1261810750518769_6440318569892817226_nसुर्खेत, ७ भदौ ।
मध्य पश्चिमाञ्चल विश्वविद्यालयको स्ववियु निर्वाचनका लागि कांग्रेस निकट नेपाल विद्यार्थी संघले आफ्नो प्यानलसहितको उम्मेदवारी दर्ता गरेको छ । सोमवार संघले झक्कबहादुर शाहीको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको हो ।
स्ववियु अध्यक्षमा शाही, सचिवमा सन्तोष रिजाल, कोषाध्यक्षमा सुशील भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।
14064035_891271124312766_5588032338595129543_nयस्तै सदस्यहरुमा पुरुषोत्तम जैसी, निशान्त केसी, धिरज हमाल, विश्वराज भट्टराई, बर्षा केसी, दिपकराज विसी र हरि थापाको उम्मेदवारी परेको छ ।
नेविसंघका केन्द्रीय महामन्त्री सरोज थापाको उपस्थितिमा नेविसंघले प्यानलसहितको उम्मेदवार छनौट गरी दर्ता गराएको विद्यार्थी नेता गौतम विसीले वताउनु भयो ।

प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार ०६:४३

Leave a Reply

Your email address will not be published. Required fields are marked *