बाल्यकालको रहर पूरा गर्दै आमाहरु (भिडियो सहित)

दिपेश दाहाल
सुर्खेत, १५ भदौ ।
वाल्यकालमा पढ्न नपाएका सुर्खेतका आमाहरु यतिवेला पढ्न थालेका छन । अहिले उनीहरु वीरेन्द्रनगर– ११ चनौटेमा रहेको हस्तवीर प्राथमिक विद्यालयमा कखरा सिक्दैछन ।
घरायसी काम सकेर उनीहरु विहान ११ बजेतिर विद्यालय आउँछन । ३ घण्टासम्म पढेर दिउसो १ बजेतिर घर फर्किन्छन । विगत कही महिनादेखि उनीहरुको दिनचर्या यसरी नै वितिरहेको छ । बुढेस कालमा अक्षर चिन्न थालेपछि वीरेन्द्रनगर १० की ६७ वर्षिय तुल्सी गौतमले जीवनमा सवैभन्दा खुशीको अनुभुति गर्नुभएको छ । पढने रुची हुँदाहुँदै सानौमा वुवाआमाले विवाह गरिदिएको भन्दै उहाँले वुढेस कालमै भएपनि पढ्न पाउँदा वाल्य कालको त्यो पढने रहर पुरा भएको वताउनु भयो । अक्षर चिनेर रामायण, गीता लगायतका धार्मिक पुस्तकहरु पढने धोको गौतमको छ ।
बाल्यकालमा विद्यालय जानबाट बञ्चित भएका उनीहरु छिटो छिटो घर धन्दा सकेर पढन आउँछन । यसरी पढन आउनेमा २० देखि ६७ बर्षउमेरका आमाहरु रहेका छन । पढन थालेपछि धेरै कुरा जानेको गृहणी जानकी ऐडी बताउनु हुन्छ । उहाँले भन्नुभयो नेपालीमा विषय भन्नेलाई अग्रेजीमा सव्जेक्ट भन्दा रहेछन अनि मितिलाई डेट भन्दा रहेछन । पढेर जागिर नखाएपनि छोराछोरीलाई सिकाउने योजना ऐडीले वुन्नु भएको छ ।
पढ्न थालेको छोटो समयमै सामान्य हिसाव गर्न, आफनो नाम लेख्न र दस्तखत गर्न जान्ने भएको ५८ वर्षीय राधिका रेग्मी बताउनु हुन्छ । पहिला केही पनि जान्दैन्थ्यो पढनु र नपढनुमा धेरै अन्तर हुँदो रहेछ । आफुले ल्याव्चे लगाउदा र अरुले सिग्नेचर गरेको देख्दा मन खिन्न भएर आउथ्यो । तर अहिले अवस्था फेरिएको छ । म पनि सिग्नेचर गर्ने भएकी छु रेग्मीले उहाँले भन्नुभयो ।
पढ्ने समयमा पढ्न नपाएपनि वुढेसकालमै भएपनि पढ्न पाउँदा अत्यन्त खुसी लागेको वीरेन्द्रनगर ९ की पार्वती उपाध्याय भन्नुहुन्छ । छोराछोरी सवै पढेर जागिर खान थालि सके । बुढेस कालमै भएपनि मलाई पढने रहर पलाएर पढन थालेकी छु ।
तुल्सी सिजाली पढने उमेरमा वीचमै पढाई छाडन वाध्य भएपनि अहिले त्यो पढने रहर पुरा भएको वताउनु हुन्छ । पहिला ५ कक्षा पढदै गर्दा विभिन्न कारणले पढन पाइन । पढाई वीचमै छाडनु पर्यो । अहिले ढिलै भएपनि पढने अवसर पाएकी छु । सिजालीले भन्नुभयो अव अवसर पाए भने माथिल्लो कक्षा पनि पढने योजना वनाएकी छु । हेरौ यो सपना पुरा हुन्छ कि हुदैन ।
गृहणीलाई पढाउदै आउनु भएकी शिक्षिका टिका पंगाली गृहणी कक्षामा पढिरहेकी आमाहरुलाई पढाउन निकै सजिलो भएको वताउनु हुन्छ । आमाहरुले भनेको कुरा छिटै वुझनु हुन्छ शिक्षिका पंगाली भन्नुभयो कतिपयले ढिला वुझेपनि अधिकाशले चाडै वुझनु हुन्छ ।
विद्यालयले विगत ४ वर्षदेखि वाल्य कालमा पढन नपाएका महिलाको लागि गृहणी कक्षा संचालन गदै आएको छ । गृहणी कक्षाको सुरुवात गर्ने हस्तवीर विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्णप्रसाद पौडेल पढ्ने चाहान भएका र अवसर नपाएका आमाहरुको लागि भएको वताउनु हुन्छ । गृहणी कक्षा ल्याउनको लागि निकै परिश्रम खर्चनु परेको भन्दै चारवर्षको अवधिमा विद्यालयले गृहणी कक्षा संचालन गरेर सय जना भन्दा वढी गृहणीलाई साक्षर वनाई सकेको पौडेलले जानकारी दिनुभयो ।
गृहणी कक्षामा पढेका कतिपय अहिले आइए वीए पढिरहेका उहाँले भन्नुभयो गृहणी कक्षालाई गाउँ गाउँसम्म विस्तार गर्न सक्यो भने पढन नपाएका धेरै गृहणीहरुको पढ्ने चाहाना पुरा हुन्छ ।

प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार ०७:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *