सुर्खेतमा यस्तो वन्दैछ, आत्याधुनिक कभर्ड हल

सुर्खेत, १७ भदौ ।
सुर्खेतमा सुविधा सम्पन्न कभर्डहल निर्माणको लागि आगामी कार्तिक २५ गते हुने मध्यपश्चिम धार्मिक महोत्सवको तयारी तिव्र पारिएको छ ।
स्वस्थ समाज र राष्ट्र शान्तिका लागि खेलकुद भन्ने मुल नाराका साथ हुन लागेको धार्मिक महोत्सवको तयारी जोडतोडले चलिरहेको महोत्सव आयोजक मुल समितिका महासचिव खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
कभर्ड निर्माणका लागि आवश्यक रकम जुटाउन क्षेत्रीयस्तरको धार्मिक महोत्सव समेत आयोजना गर्न लागिएको उहाँले वताउनु भयो ।
12998629_1772488526359527_1207909242549602819_nआगामी कार्तिक २५ देखि मंसिर २ गतेसम्म वीरेन्द्रनगरमा चल्ने महोत्सवबाट ५ करोड रूपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।
पछिल्लो समय ब्याटमिन्टनमा आकर्षण बढ्दै गए पनि सुर्खेतमा एउटा कभर्ड हल नहुँदा खेलाडीहरू ओझेलामा परेकाले कभर्ड हल निर्माणको अभियान थालेको समितिले जनाएको छ ।
खासगरी ब्याटमिन्टनका लागि कभर्ड हलको निर्माण गरिने भए पनि यसलाई बहुउद्देश्यीय बनाइनेछ ।
सभा सम्मेलन गर्न सकिनेदेखि भलिबल, बास्केटबल लगायतका इन्डोर खेल सञ्चालन गर्न सकिने कोर्ट निर्माण गरिनुका साथै योग र प्रणायाम गर्ने सुविधा पनि कभर्ड हलमा हुने महासचिव देवकोटाले बताउनु भयो ।
२ करोड रूपैयाँ लाग्ने कभर्ड हलमा तीन वटा ब्याटमिन्टन कोर्ट हुनेछन ।
महोत्सवको लागि प्रचारप्रसार स्वरुप मोटरसाइल रयाली लगायतका गतिविधी भैइरहेको पनि महासचिव देवकोटाले बताउनु भयो ।
शुक्रवार धार्मिक महोत्सव २०७३ को सचिवालय उद्घाटन गर्ने र शान्ति कलस वितरणको पनि शुभारम्भ गर्ने कार्यक्रम रहेको उहाँले उल्लेख गर्नुभयो ।
सुर्खेतको रंगाशालामा रहेको सेमि कभर्ड हलमा सचिवालय स्थापना गर्ने र कलस वितरण गरिने वताएको छ ।

प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार ०५:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *