फुटवलमा अव्बल बन्दै, सैनिक आवासिय महाविद्यालय सुर्खेत

सुर्खेत, १८ भदौ ।
सैनिक आवासिय महाविद्यालय मंगलगढी सुर्खेत खेलकुदमा अव्वल वन्दै गएको छ ।
जिल्ला स्तरमा हुने फुटवल प्रतियोगीतामा उत्साहजनक सफलता हासिल गर्दै आएको महाविद्यालय यसपाली अन्तर विद्यालयस्तरीय राष्ट्रिय प्रतियोगीताको लागि छनौट भएको छ
अन्तर विद्यालय स्तरीय राष्ट्रिय फुटवल प्रतियोगीतामा छनौट हुने महाविद्यालय सुर्खेतकै पहिलो विद्यालय भएको छ । आउदो दशैसम्ममा काठमाडौमा हुने अन्तर विद्यालय स्तरीय कोकाकोला राष्ट्रिय फुटवल प्रतियोगीतामा मध्य तथा सुदुरपश्चिमको प्रतिनिधित्व महाविद्यालयले गर्नेछ ।
teammयही भदौ १० गतेदेखि १५ गतेसम्म वाँकेको नेपालगंज रंगशालामा भएको क्षेत्रीय छनौट प्रतियोगीतामा प्रथम हुदै महाविद्यालय राष्ट्रिय प्रतियोगीताको लागि छनौट भएको हो ।
क्षेत्रीय छनौट प्रतियोगीतामा बाँके, बर्दिया, दाङ्ग, जुम्ला, कैलाली, कञ्चनपुर र सुर्खेत गरी ७ वटा जिल्लाको सहभागीता रहेको थियो ।
प्रतियोगीतामा वाँकेको जेनिथ वोडिङ्ग स्कुललाई हराउदै सैनिक आवासिय महाविद्यालय राष्ट्रिय स्तरको प्रतियोगीताको लागि छनौट भएको थियो ।
सुर्खेतमा भएको जिल्ला स्तरीय छनौट प्रतियोगीतामा २२ वटा विद्यालयले भाग लिएका थिए ।
छनौट प्रतियोगीतामा इगरव्रि विद्यालयलाई ६ –१ गोलको भारी अन्तरले हराउदै सैनिक महाविद्यालय क्षेत्रीय छनौट प्रतियोगीतामा छनौट भएको खेल शिक्षक उत्तम खड्काले जनाएका छन ।
कोकाकोलाले प्रयोजन गरेको छनौट प्रतियोगीता अखिल नेपाल फुटवल संघले आयोजना गरेको हो ।
काठमाडौमा हुने राष्ट्रिय स्तरको अन्तर विद्यालय स्तरीय प्रतियोगीताको उपाधी सैनिक महाविद्यालय सुर्खेतले जित्ने अपेक्षा आम सुर्खेतीहरुले गरेका छन ।
team 1नियमित अभ्यास
फुटवल टिममा महाविद्यालयमा ८,९ र १० मा अध्ययनरत १९ जना विद्यार्थी रहेका छन ।
सैनिक आवासिय महाविद्यालयले कक्षा ४ मा पढने विद्यार्थीको रुची र क्षमता पहिचान गरी खेलकुद लगायत विभिन्न क्षेत्रमा सहभागी गराउदै आएको छ ।
विद्यार्थीको रुची पहिचान गरी कलर स्तरीय र अन्तर कक्षा स्तरीय प्रतियोगीता गराएर प्रशिक्षण दिने गरेको छ ।
महाविद्यालयले खुलकुदको अलग्गै कोर्स नै राखेर पढाउने गरेको छ । खेलाडी विद्यार्थीहरुले नियमित अभ्यास गर्छन ।
पूर्ण आवासिय विद्यालय भएकोले साँझ विहानको समयमा फुटवल लगायत खेलमा विद्यार्थीले नियमित अभ्यास गर्छ ।
team 2स्रोत साधानको कमी छैन
खुलकुद सामाग्री लगायत कुनै पनि स्रोत साधनको कमी विद्यालयमा छैन । खेलकुदको लागि आवश्यक सवै सामाग्रीहरु उपलव्ध छन । त्यसैले पनि महाविद्यालयले फुटवलमा एकपछि अर्कोगदै सफलतका हासिल गरिरहेको छ ।
खुलकुद सगै विद्यालयले संगीत सम्वन्धी अलग्गै कक्षा पनि संचालन गरिहेको छ । यस्तै पत्रकारिता, क्वीज कन्टेस्ट लगायतका ८÷९ वटा क्लवहरु गठन गरी नियमित क्रियाकलाप संचालन गदै आएको बताएको छ ।

प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार ०७:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *