जनज्योति उमाविलाई एकलाख पुरस्कार

14199607_1164089713656576_7936252004722076960_nसुर्खेत, २३ भदौ ।
सुर्खेतको जन ज्योति उच्च माध्यामिक विद्यालय बड्डीचौरले एक लाख नगद पुरस्कार हात पार्न सफल भएको छ ।
शिक्षा दिवसको अवसर पारेर विदालयलाई एक लाख नगद, प्रमाण पत्र र झण्डा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले वताउनु भयो ।
सामुदायिक बिद्यालयमा प्राबिधिक शिक्षा कार्यक्रम संचालन गरेका बिद्यालयहरु मध्येबाट उत्कृष्ट हुदै विद्यालयले यो पुरस्कार हात परेको हो ।
शिक्षा दिवसको अवसर पाररे राष्ट्रिय सभागृह काठमार्डौमा भएको कार्यक्रमा विद्यालयलाई पुरस्कार प्रदान गरिएको हो ।
विभिन्न पुरस्कार हात पादै आएको विदालयले केही महिना अघि मात्रै ५० हजार राशीको राष्ट्रिय युवा प्रतिभा पुरस्कार हात पारेको थियो ।

प्रकाशित मितिः २३ भाद्र २०७३, बिहीबार ११:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *