बद्री पन्त
जाजरकोट ३०, भदौ
जाजरकोटको सीमा गाउँ विकास समिति वडा नम्बर ३, ता“गागाउँका आधा दर्जन बालबालिकाहरुको विचल्ली भएको छ । उनीहरु आमाबाबु गुमाउँदा सहारा विहिन बनेका हुन् ।
चार बर्ष अघि मजदुरी गर्न भारत गएका सीमा ३ का २८ बर्षीय कर्णबहादुर घर्तीको भारतको रुद्रप्रयाग स्थित स्टील उद्योगमा काम गर्ने सिलसिलामा करेन्ट लागेर मृत्यु भयो । घरमा २ बर्ष नपुग्दै श्रीमती चन्द्रकलाले दोस्रो विहे गरेर गइन ।
उनका ४ बर्षिय छोरा गणेश, ६ बर्षीय चन्द्र र ९ बर्षीय योगेन्द्र सहारा विहीन बनेका छन् । उनीहरु अहिले असहाय जीवन विताइ रहेका छन् । उनीहरुलाई आमाबाबुको माया प्रेम भन्ने थाह नै छैन । गणेशले धर्तीमा टेकेपछि बाबुलाई त देख्न नै पाएनन् र आमालाई पनि चिन्ने मौका पाएनन् ।
सोही ठाउका ४ बर्षीय गोपाल थापा र उनका दाजु ८ बर्षीय चन्दबहादुर पनि विचल्लीमा परेका छन् । चार बर्ष अघि बाबु ठगेन्द्रबहादुरको मृत्यु भयो भने आमा मोतीले दोस्रो विहे गरेर गएपछि उनीहरु वेसहारा बनेका छन ।
त्यस्तै सीमा ३, आर्सीनाटोलकी १३ बर्षीय उर्मिला बुढा र १५ बर्षीय सीतालाई बाबुआमा भन्ने थाह नै छैन । बाबु खडकबहादुरको मृत्यु र आमा बृद्धी वेपत्ता भएपछि उनीहरु अभिभावक विहीन भएका हुन् ।
सीमा ३ को एउटै गाउका आधा दर्जन बढी बालबालिका सहारा विहीन बनेका छन् । आमाबाबु गुमाएका उनीहरु सबजना यतिबेला गा“स, बास, कपास, शिक्षा, सुरक्षा लगाएत अधिकारबाट बन्चित भएका छन् ।
बाबुआमा गुमाएका ३ नाबालक नातीको लालनपालनमा समस्या भएको ६० बर्षीय हजुरआमा झुपा घर्तीले बताउनु भयो । घर ब्यबहार धान्ने छोराको मृत्यु भएपछि नाबालक ३ जना नातीको लालनपालन र मेरो हेरचाह गर्न आश गरेकी बुहारी चन्द्रकला पनि अर्को स“ग पोईल गएपछि समस्या भएको बताउनु भयो । ३ नातीको लालनपालन र पठनपाठनमा समस्या भएको छ ।
यिनीहरुका लागि गा“सबास कपास जुटाउनै मुस्किल छ । पठनपाठनको त कुरै छाडौं, घरको आर्थिक अवस्था कम्जोर छ । सहारा दिने कोही छैन । बुढेशकालमा यो विचल्ली सहनु परेको छ । कोही ब्यक्ति र निकायले ३ नातीलाई पठनपाठन लगाएत सहयोग गरेको भए आभारी हुने थिए“, झुपाले भन्नु भयो ।
२४ बर्षीय छोरा ठगेन्द्रको मृत्यु र बुहारी मोतीले दोस्रो विहे गरेपछि नाती गोपाल र चन्द्रको लानपालनमा कठिन भएको ६५ बर्षीय बुदी थापाले बताउनु भयो । लाखौं खर्च गर्दा पनि कलिलो उमेरको छोरालाई बचाउन सकिएन । छोरा वितेको बर्ष नपुग्दै बुहारी पोइल गएपछि २ नातीको विचल्ली भएको थापाले बताउनु भयो ।
जिल्लामा बालबालिकाको क्षेत्रमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले काम गरेपनि दुर्गम गाउँका बालबालिकाहरुलाई यो कार्यक्रमले छुन सकेको छैन् । संविधानको मौलिक हकमा बालबालिकाको पोषण, सुरक्षा, शिक्षा, स्वास्थ्य, बाल विकास, बाल सहभागिता लगाएतको ब्यबस्था अभिभावक तथा राज्यबाट गर्ने प्राव्धान सीमा ३ ता“गागाउँका यी बालबालिकाका लागि कागजमै सिमित भएको छ । त्यसैमा असहाय र अनाथ बालबालिकाका लागि राज्यबाट विशेष सुविधा र संरक्षण पाउने हकको कार्यान्वयन कहिले होला ? सीमा ३ का हीम बिसीले बताए ।
क्याप्सन १ मा आमाबाबु गुमाएपछि असहाय बनेका जाजरकोट सीमा ३, तागाका गणेश, चन्द्र र योगेन्द्र तीन जना । २ गोपाल थापा र चन्द्रबहादुर थापा दुइ भाइ । ३ सिता बुढा र उर्मिला बुढा दुइ बहिनी । तस्विर बद्री पन्त