देउतीबज्यै मन्दिर सरसफाई

दिपेश दाहाल
सुर्खेत, ९ असोज ।
सुर्खेतको पर्यटकीय एवं धार्मिक स्थल देउतीबज्यै मन्दिर परिसरको आइतवार सरसफाई गरिएको छ ।
सैनिक आवासीय महाविद्यालयका विधार्थी, पदाधिकारी, कर्मचारी, नेपाली सेना लगायतले मन्दिरमा सरसफाई गरेका हुन् ।
परिसरभित्र रहेका झारपात, पानीका खाली वोत्तलहरु हटाइएको छ । नजिकिदैं गरेको चाडपर्वलाई मध्यनजर गर्दै म

sarsafai

न्दिर परिसर विद्यार्थीहरुको टोलीले सरसफाई गरेको महामहाविद्यालयका कोअर्डिनेटर यज्ञप्रसाद आचार्यले बताए ।
उनले सुर्खेतको गरिमा र पहिचानसंग जोडिएको पबित्रस्थल देउती बज्यै मन्दिरमा विभिन्न क्षेत्रबाट पर्यटक आउने भएकाले फोहोर ब्यवस्थापन गर्न सरसफाइ गरिएको जनाए ।

1 (1)महाविद्यालयका प्रिन्सिपल थीरबहादुर थापाले सभ्यताको पहिलो सूचक सरसफाइ भएकाले समाजप्रतिको व्यक्तिको उत्तरदायित्वबोधका लागी सरसफाइ आफ्नै गर्नु पर्नेमा जोड दिए । प्रिन्सिपल थापाले यसपछि वीरेन्द्रनगरको मंगलगढी चोकदेखि वीरेन्द्रचोक बजार क्षेत्रको पनि सरसफाइ गरिने जानकारी दिए ।  सरसफाइ अभियानमा ७२ जना विद्यार्थी, पदाधिकारी, कर्मचारी, नेपाली सेना लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार ०५:४३

Leave a Reply

Your email address will not be published. Required fields are marked *