आत्मनिर्भर वनाउन समुन्वय र सहकार्यको खाँचो

सुर्खेत, १३ असोज ।
अपागता भएका व्यक्तिहरुलाई आत्मनिर्भर वनाउनको लागि सरोकारवाला निकायवीच समुन्वय र सहकार्यको खाँचो रहेको औल्याइएको छ ।
अपाग शसक्तिकरण केन्द्र सुर्खेतले सरोकारवालसगँ वीरेन्द्रनगरमा गरेको छलफल कार्यक्रमका सहभागीले अपागता भएका व्यक्तिलाई आत्मनिर्भर हुनेखालका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएका छन ।
उनीहरुले आत्मनिर्भर हुने खालका कार्यक्रम नभएकै कारण अपागता भएका व्यक्तिहरुलाई जीवन चलाउन कठिन हुदै आएको उल्लेख गरेका छन ।
अपाग सम्वन्धी गाविसमा जाने बजेट तालिममै खर्च हुने गरेको उल्लेख गदै aउनीहरुले अपागता भएका व्यक्तिको लागि जाने ५ प्रतिशत रकमबाट आयआर्जनका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा सहभागी विभिन्न गाउँ विकास समितिका सचिवहरुले अपागताको किसिम पनि फरक फरक हुने भएकोले कार्यक्रम पनि त्यही अनुसारले संचालन गर्न सुझाव दिएका छन ।
उनीहरुले कतिपयले पहँुचका आधारमा परिचय पत्र वनाएर क बर्गको भत्ता खाइरहेको गुनासो समेत गरेका छन ।
दलिय हस्तक्षेपको कारण अपागतको लागि गाविसमा जाने ५ प्रतिशत बजेट उनीहरुको हितमा खर्च हुन नसकेको उल्लेख गरेका छन ।
दलिय दवावको कारण अपागता भएका व्यक्तिको लागि गएको बजेट सडक, खानेपानी लगायतको क्षेत्रमा हाल्नु पर्ने बाध्यता रहेको सचिवहरुको भनाई छ ।
गाविस सचिवहरुले गाउँबाट परिचय पत्र बनाउने आउने अपागको उसै दिन परिचय पत्र वनाउन पनि सम्वन्धीत निकायको ध्यानाकर्षण गराएका छन ।
कार्यक्रमा महिला विकास कार्यालय सुर्खेतका प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले पाउनु पर्ने नपाएको र नपाउनु पर्नेले अपाग परिचय पत्र पाएको भए त्यस्ताको परिचय पत्र रद्ध गरिने बताउनु भयो ।
bbयस्तै जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हितप्रसाद पौडेलले अपागता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउनको लागि सरोकारवाला निकायवीच समुन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा अपाग शसक्तिकरण केन्द्र सुर्खेतका अध्यक्ष बिष्णुप्रसाद शर्माले ३ वर्षको अवधिमा केन्द्रले सुर्खेतका ३ सय ५४ जना अपागता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने जानकारी दिनुभयो ।
उहाँले आत्मनिर्भर बनाउनको लागि केन्द्रले एकजनालाई ९ हजार रुपैयासम्म सहयोग गरेको बताउनु भयो ।

प्रकाशित मितिः १३ आश्विन २०७३, बिहीबार १२:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *