रबिन्द्र मिश्र विश्वकै १० प्रेरणादायी व्यक्ति

काठमाडौं , १४ असोज।  पत्रकार एवं सामाजिक अभियन्ता रबिन्द्र मिश्र विश्वकै १० जना ‘प्रेरणादायी व्यक्ति’ भित्र परेका छन् ।

Rabindra-Mishra-Book-Wife-and-Contact-Addressअमेरिकी लेखिका डेबोरा रोहनले लेखेको पुस्तक One Person Acted and Everything Changed: 10 Inspiring Stories of World Changers मा मिश्र समेटिएका हुन् । लेखिका डेबोरा वक्ता र सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने परोपकारी संस्था वन पर्सन आक्टेडकी संस्थापक हुन् । मिश्रका अनुसार पुस्तक प्रकाशनको तयारीमा छ ।

आफ्नो फेसबुक पेजमा खुशी व्यक्त गर्दै मिश्रले आफूले पुस्तक हेर्न नभ्याएको भन्दै पुस्तक प्राप्त गर्ने लिङ्क पनि दिएका छन् । #OnePersonActed मिश्र बीबीसी नेपाली सेवाका सम्पादक हुन् भने ‘खान पुगोस दिन पुगोस’ नामक परोपकारी अभियानका अभियन्ता पनि हुन् ।

प्रकाशित मितिः १४ आश्विन २०७३, शुक्रबार १२:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *