प्रदेश नम्बर ६ को आर्थिक समृद्धिको ‘रोडम्याप’ बनाउदै, एमाले (भिडियोसहित)

सुर्खेत, १५ असोज ।
नेकपा एमालेले ६ नंम्बर प्रदेशको आर्थिक समृद्धिको रोडम्याप बनाउने भएको छ ।
प्राकृतिक सम्पदाले भरीपूर्ण यो प्रदेशलाई आर्थिक रुपमा सम्पन्न बनाउन समृद्धिको ‘रोडम्याप’ बनाउन लागेको एमालेले जनाएको छ ।
‘रोडम्याप’ले ६ नम्बर प्रदेशको आर्थिक समृद्धिका आधारहरुको पहिचान गरी कार्यान्वयन गर्न सहयोग गर्ने बताएको छ ।

आर्थिक समृद्धिको ‘रोडम्याप’सहितको राजनीतिक घोषणा पत्र बनाउन एमालेले पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्बर ६ का उपसंयोजक यामलाल कंडेलको संयोजकत्वमा पार्टी नेता र विज्ञहरुसहितको उपसमिति पनि गठन गरेको छ ।
सुर्खेतको बीरेन्द्रनगरमा भएको प्रदेश नम्बर ६ को प्रथम प्रदेश कमिटीको बैठकले आर्थिक समृद्धिसहितको प्रदेशको घोषणा पत्र तयार गर्न उपसमिति गठन गरेको हो ।
११ सदसिय उपसमितिको सदस्यमा एमाले नेता प्रकाश ज्वाला, गोरखबहादुर बोगटी विज्ञहरु डा.सुरेश तिवारी, डा.सर्वराज खड्का, डा.कवि पाखेरेल, डा.कुसेन्द्र महत, डा.दिपक गौतम, डा.मंगल रावल, मिनबहादुर शाही र लिलाधर तिवारी रहेका छन ।
उपसमितिले ६ नम्बर प्रदेशको पार्टीको आर्थिक समृद्धिको आधारसहितको ‘रोडम्याप’को मस्यौदा छलफलको लागि प्रदेश कमिटीको वैठकमा पेश गर्ने उपसमितिका संयोजक यामलाल कँडेलले जानकारी दिनुभयो ।
gwaप्रदेशको आर्थिक समृद्धिको ठोस आधारसहितको ‘रोडम्याप’ आगामी मंसिर १७ र १८ गते हुने प्रदेश कमिटीको वैठकमा पेश गरिने र प्रदेश कमिटीले पास गरेपछि बिकास र समृद्धिका योजनाहरु अघि बढाइने पोलिटव्यूरो सदस्य कँडेलले बताउनु भयो ।
उहाँले ६ नम्वर प्रदेशको बिकास र समृद्धिको लागि एमालेले काँग्रेस, माओवादी लगायतका अन्य दलहरुसगँ पनि छलफल गरेर साझा धारणा बनाउने उल्लेख गर्नुभयो ।
सरकारले यो क्षेत्रमा संचालन गरेका र आगामी दिनहरुमा गर्ने विकासका योजनाहरुको एमालेले अनुगमन गदै जनताको जीवनस्तर सुधार्ने खालका योजनाहरु बनाउने समेत कँडेलले बताउनु भयो ।
२ दिनसम्म चलेको प्रदेश कमिटी बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न शनिबार वीरेन्द्रनगरमा गरिएको पत्रकारमा निर्णयहरु सार्वजनिक गदै प्रदेश उपसंयोजक कँडेलले आगामी मंसिर १७ र १८ गते प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गर्ने लगायतका निर्णयहरु बैठकले गरेको जानकारी दिनुभयो ।
बैठकले पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रदेश स्तरीय बृहत कार्यकर्ता भेला गर्ने, संविधान कार्यान्वयनको लागि कार्तिकदेखि माघ मसान्तसम्म यस प्रदेशका सवै जिल्लामा जनपरिचालन अभियान संचालन गर्ने निर्णय गरेको छ ।
यस्तै स्थानीय, प्रदेश र संसदको निर्वाचन गर्ने गरी निर्वाचनको कार्यतालिका बनाउन, चीनसँग सिमा जोडिएको हुम्लाको हिल्सा र लिमी, मुगुको नाक्चेलाग्ना र डोल्पाको धो मरिमला नाकालाई खोल्न, हुम्ला र डोल्पालाई राष्ट्रिय सडक संचालनसगँ जोडन पनि बैठकले सरकारसगँ माग गरेको छ ।
प्रथम बैठकले ओली नेतृत्वको सरकारले ल्याएको लोकप्रिय नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न माग गदै ६ नम्वर प्रदेशको लागि प्रस्ताव गरिएका विकासका योजनाहरुलाई यथाश्रिघ कार्यान्वयन गर्न समयमै बजेट निकास दिनपनि जोडदार माग गरेको छ ।
yपत्रकार सम्मेलनमा एमालेका उपाध्यक्ष तथा ६ नम्वर प्रदेशका संयोजक युबराज ज्ञवालीले तीन वटै निर्वाचन गर्नको लागि सरकार इमानदारीताको साथ प्रस्तुत नभएको बताउनु भयो ।
संविधान संशोेधनको कुरा गरेर सरकारले निर्बाचनलाई गर्न नचाहेको आरोप लगाउदै उपाध्यक्ष ज्ञवालीले संविधान कार्यान्वयनको लागि तीनै तहको निर्वाचन गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
उहाँले स्थानीय पुर्नसंरचना गर्दा दलहरुले सुझाव दिन सक्ने भएपनि अन्तिम निर्णय गर्ने अधिकार भने आयोगलाई नै भएको जिकिर गर्नुभयो ।

प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार ०८:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *