चाडपर्वमा सुरक्षा निगरानी बढाइएको छ –डिआइजी नेपाल

बाँके, १७ असोज ।
मध्यपश्चिमका प्रहरी प्रमुख डिआईजी माधव प्रसाद नेपालले दशै तिहारलाई ध्यानमा राखेर सुरक्षा निगरानी बढाइएको बताउनु भयो ।
दशै तिहारको अवसरमा सोमवार नेपालगन्जमा भएको पत्रकार भेटघाट तथा शुभकामना आदन प्रदान कार्यक्रममा उहाँले चाडपर्वलाई लक्षित गरी विशेष योजना नै बनाएर सुरक्षा निगरानी बढाइएको उल्लेख गर्नुभयो ।
1तस्करी मौलायो भने अपराध बढ्ने भएकोले प्रहरीले तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले अपराधमा संलग्न हुने व्यक्तिको हकमा शुन्य सहनशिलता साथ काम गरिरहेकोे डिआईजी नेपालले बताउनुभयो ।
अपराधको हकमा प्रहरीले कसैको दवावमा काम कदापी गर्न नसक्ने उल्लेख गदै उहाँले आरआईटीका आधारमा जघन्य अपराधमा संलग्न १५ जिल्लाका ६ सय २५ जना फरार अभियुक्त व्यक्तिलाई कारवाही डिआईजी नेपालले बताउनुभयो ।
प्रहरीले भित्रैबाट शुद्धिकरण आवश्यक रहेको भन्दै उहाँले ७ महिनाको अवधिमा ८७ जना प्रहरीलाई कारवाही गरेको समेत जानकारी दिनुभयो ।

प्रकाशित मितिः १७ आश्विन २०७३, सोमबार १२:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *