जाजरकोट प्रहरीले सुरक्षा निगरानी बढायो

police jkt
निमित्त प्रहरी प्रमुख हिक्मत बोहरा

बद्री पन्त
जाजरकोट १८, असोज
जाजरकोट प्रहरीले चाडपर्व नजिकिएसंगै विशेष सुरक्षा नीति तथा योजना लागु गरेको जनाएको छ ।
जिल्लामा हुन सक्ने सवारी दुर्घटना र विभिन्न अपराधीक क्रियाकलापलाई मध्यनजर गर्दै प्रहरीले यस्तो विशेष सुरक्षा नीति तथा योजना लागु गरेको हो ।
जिल्लाको शान्ति, सुरक्षालाई मर्यादित बनाउन विशेष सुरक्षा योजना बनाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले बताए ।
दशैं, तिहार तथा छट पर्वमा हुन सक्ने अपराधिक गतिविधि न्युनिकरण गर्न २४ सैं घण्टा प्रहरी परिचालन गरिने भन्दै उनले चोरी, डकैती तथा लुटपाटलाई विशेष निगरानी गरिएको जानकारी दिए ।
यस्ता क्रियाकलापलाई रोक्न राजमार्ग तथा सहायक राजमार्गमा सादा पोषाकमा प्रहरी परिचालन गर्ने उनको भनाई छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार चोरी नियन्त्रण तथा अपराधिक गतिविधि न्युनिकरण गर्न, सरकारी कार्यालय तथा महत्वपूर्ण प्रतिष्ठान, राजमार्ग तथा सहायक राजमार्ग सुरक्षा, जुवातास नियन्त्रण, विस्फोटक पदार्थको आयात निर्यात नियन्त्रण, बैँकिंक, अबैध मधिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण र लागु औषध दुव्र्यसन नियन्त्रणका लागि १ सय ४२ जना प्रहरी परिचालन गरिने बोहराले जानकारी दिए ।
खलंगा बजारका मुख्य ठाउँ ठाटी, गैरीखाली, तल्लोथाप्ले, माथिल्लो थाप्ले, रानागाउँ र बसपार्कमा प्रहरीको संख्या आवश्यक्ता अनुसार बढाइने, चोरी, डिकैती घरेलु मदिरा, जुवातास जस्ता गतिविधि नियन्त्रण गर्ने बोहोराको भनाई छ ।
त्यस्तै यस वर्ष चाडपर्वको नाममा होहल्ला, झैझगडा लगाएत अपराधिक क्रियाकलाप गर्ने जो कोहीलाई पनि कारवाही गरिने भन्दै शान्त र मर्यादित भएर चाडपर्व मनाउन बोहराको सुझाव छ ।

प्रकाशित मितिः १८ आश्विन २०७३, मंगलवार ०२:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *