अब बाहिर जानुपदैन, क्षेत्रीय अस्पतालमै हुन्छ मुटुरोगकाे स्तरीय उपचार – डा. केएन पौडेल

20161004_112843
विरामीको मुटुको चेकजाँच गदै डा. पौडेल ।

सुर्खेत, १८ असोज ।
मुटुरोग लागेमा अव तपाईं नेपालगन्ज, लखनऊ वा काठमाडौं जानु पदैन । अव मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमै मुटुरोगको स्तरीय उपचार सेवा संचालनमा आएको छ ।
त्यसका लागि आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकसमेत उपलव्ध छन् । अस्पतालमा बरिष्रठ फिजिसियन मुटुरोग विशेषज्ञ डा. केएन पौडेल आएपछि मुटु रोगको स्तरीय सेवा संचालनमा आएको छ ।
अस्पतालले स्तरीय सेवा दिन थालिएपछि अहिले महिनामा करिव ८० देखि सय जनासम्म मुटु रोगीहरु उपचारमा आउने गरेको डा. पौडेलले बताउनु भयो ।
क्षेत्रीय अस्पतालमै अहिले मुटु रोगको सेवा सुरु भएपछि विरामीहरुलाई निकै सजिलो भएको छ ।
सेवा नहुँदा पहिले यस क्षेत्रका विरामीहरु मुटु रोगको उपचार गर्न बाहिर जान बाध्य हुदै आएका थिए ।
20161004_112956बाहरि उपचारको लागि जादा पैसा र समय बढी खर्च हुने गर्दथ्यो । तर सुर्खेतमै स्तरीय मुटु रोगको उपचार सेवा दिन थालेपछि पैसा, समय पनि बचत भएको र राम्रो सेवा पनि पाउन थालेको डा. पौडेलले उल्लेख गर्नुभयो ।
अहिले उपचारमा मुटुरोगको वीच वा अन्तिम अवस्थाका विरामीहरु आउने गरेको उल्लेख गदै उहाँले मुटु रोगको सुरुवातमै आएको खण्डमा धेरैलाई निको पार्न सकिने जानकारी दिनुभयो ।
मुटुको भिडियो एक्सरे गर्ने मेसिन निकै महँगो भएपनि सुर्खेत ल्याएर विरामीलाई सेवा दिइएको छ ।
मेसिनले मुटुमा पानी जमेका, प्वाल परेको पत्ता लगाउनुको साथै मुटुको कार्य क्षमता छ छैन भनेर पत्ता लगाउने काम गर्ने डा. केएन पौडेलले बताउनु भयो ।
उहाँले बच्चाहरुमा जन्मजात मुटुमा प्वाल भएको पत्ता लगाएर समयमै उपचार गराउन मेसिनले ठुलो सहयोग गदै आएको पनि उल्लेख गर्नुभयो ।
मुटुको भल्भ फर्नुपर्ने वा अन्य अप्रेशन गर्नुपर्ने अवस्थाका विरामीलाई पनि सुर्खेतमै पत्ता लगाइ समयमै उपचार गर्न रिफर गर्ने काम समेत भएको अस्पतालले जनाएको छ ।
डा. पौडेलले आवश्कता पर्दामात्रै रिफर गर्ने गरिएको भएपनि धेरै जसो उपचार सुर्खेतमै हुने गरेको बताउनु भयो ।
बाहिर रिफर गर्ने विरामीको संख्या १—२ प्रतिशत मात्रै भएको हुने गरेको उल्लेख गदै उहाँले अन्यको अस्पतालमै उपचार हुने गरेको बताउनु भयो ।
क्षेत्रीय अस्पतालमा अहिले मुटु रोगसम्वन्धी उपचार १ हजार शुल्कमा हुन्छ भने बाहिर ३ हजारसम्म लिने गरेको पाइएको छ ।
20161004_113038अहिले अस्पतालमा मुटुरोगका सय जना विरामी नियमित उपचारमा छन् । उनीहरुले २१ दिनमा एउटा सुई लगाउने गरेका छन् ।
क्षेत्रीय अस्पतालमा मुटुरोगको स्तरीय उपचार सेवा सस्तो भएपछि विरामीको चापसमेत बढ्न थालेको अस्पतालले जनाएको छ ।
डा. पौडेल एउटा स्वस्थ व्यक्ति ३५ बर्ष माथि कटेपछि बर्षमा एकपटक अनिवार्यरुपमा मुटुको जाँच गराउनुपर्ने र खानपिनमा बढी ध्यान दिनुपर्ने सल्लाह दिनुहुन्छ ।

प्रकाशित मितिः १८ आश्विन २०७३, मंगलवार १०:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *