भावुक हुदै डिआईजी माधव नेपालले यस्तो कविता भने(भिडियोसहित)

सुर्खेत, २० असोज ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले विभिन्न कार्यक्रम गरी ६१ औ प्रहरी दिवस मनाएको छ ।

दिवसको अवसरमा भएको कार्यक्रममा मध्यपश्चिमका क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवकोटाले नेपाल प्रहरीले गरेको काम गर्व गर्न लाएक रहेको वताउनु भयो । उहाँले शान्ति सुरक्षा कायम गर्न र जनताको जीउ धनको रक्षा गर्नको लागि प्रहरी अझ जिम्मेवार भएर लाग्नु पर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा मध्यपश्चिमका प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले नेपाल प्रहरीलाई आधुनिक रुपमा विकास गर्नको लागि सवैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
आवश्यक आधुनिक उपकरणहरु नहुदा प्रहरीले बनाएका योजना र प्राथमिकताहरु कार्यानवयनमा समस्या भैइरहेको उहाँले बताउनु भयो । जनताको जीउ धनको सुरक्षा गर्ने काममा नेपाल प्रहरी प्राणको आहुति दिनपनि पछि नपरेको स्मरण गदै डिआईजी नेपालले प्रहरी दिवसलाई विगतको समिक्षा र भविस्यको मार्ग दर्शन गर्ने अवसरको रुपमा लिने उल्लेख गर्नुभयो । डिआईजी नेपालले मध्यपश्चिम क्षेत्रमा ८ महिनाको अवधिमा लागु औषधदेखि अवैध हातहतियार नियन्त्रण गर्न प्रहरीले महत्वपूर्ण भुमिका निर्वाह गरेको जानकारी दिनुभयो । कार्यक्रममा पूर्व प्रहरी कर्मचारी संघका अध्यक्ष गणेश केसी र अमर प्रहरी परिवार संघका अध्यक्ष नन्दा श्रेष्ठले कैलाली घटनाका दोषीमाथीको लागेको मुद्धा फिर्ता नलिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँहरुले प्रहरीको हत्यामा संलग्न व्यक्तिहरुमाथी लागेको मुद्धा फिर्ता लिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
18कार्यक्रममा सुर्खेतस्थीत राजनीतिक दल, नेपाली सेना, शसस्त्र प्रहरी लगायतका प्रमुख तथा प्रतिनिधीको सहभागीता रहेको छ ।
प्रहरी दिवसमा पुरस्कारदेखि सम्मानसम्म
दिवसको अवसरमा क्षेत्रीय प्रहरी मुख्यायल बीरेन्द्रनगरमा भएको कार्यक्रममा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको छ ।
उत्कृष्ट काम गरेको भन्दै मध्यपश्चिम क्षेत्रमा कार्यरत १७ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेमा प्रहरी जवानदेखि एसपीसम्मका प्रहरीहरु रहेका छन ।
प्रहरी दिवसकै अवसरमा गरिएका विभिन्न खेलकुद प्रतियोगीताका बिजयीमा प्रहरी खेलाडीहरुलाई पनि पुरस्कार दिइएको छ ।
कर्तव्य पालनको सिलसिलामा बीरगति प्राप्त गरेका १२ जना अमर प्रहरीका सन्ततिलाई शैक्षिक सहयोग स्वरुप जनही ५ हजार रुपैया सहयोग पनि प्रदान गरिएको छ ।
को–को भए पुरस्कृत
एसपी मोहन कुमार आचार्य इन्स्पेक्टर बीरबहादुर थापा र इन्स्पेक्टर हर्कबहादुर रावल, सई बलदेव मण्डल, असई चन्द्रबहादुुर वुढाक्षेत्री र दिलसरा राना सम्मानित हुनु भएको छ ।
प्रहरी हवल्दारहरु कम्मेरबहादुर शाही, कृष्णबहादुर सारु र रेशम थापालाई पनि क्षेत्रीय प्रहरी कार्यालयले पुरस्कृत गरेको छ ।
राम्रो काम गरेको भन्दै प्रहरी जवानहरु जर्नाजन थापा, बीरबहादुर सुनार, नेमबहादुर शाही, टेकेन्द्र सिह, सुनिता केसी, हस्तबहादुर साउद, बृषबहादुर सायर र अमरबहादुर बमलाई पनि क्षेत्रीय प्रहरी कार्यालयले नगद पुरस्कारवाट पुरस्कृत गरेको छ ।
शैक्षिक सहयोग पाउनेहरुमा
शैक्षिक सहयोग पाउने अमर प्रहरीका सन्तानहरुमा सुर्खेतमा मिलनकुमार ढकाल, संगीताकुमारी वस्नेत, कल्पना नेपाली, अस्मीता राई, ललिता श्रेष्ठ, बिष्णु खड्का, गीता चन्द, तिलकराज बुढा र पुष्पा चन्द हुनुहुन्छ ।
यस्तै बाँकेका सुमन पाण्डे, र सुगम पाण्डे तथा डोल्पाका उपेन्द्र शाहीलाई दिवसको अवसरमा शैक्षिक सहयोग स्वरुप नगद रकम प्रदान गरिएको छ ।

प्रकाशित मितिः २० आश्विन २०७३, बिहीबार १०:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *