सुर्खेत, १ मंसिर ।
सुर्खेतमा बहुउदेशिय कभर्ड हल निर्माणको लागि भैइरहेको मध्यपश्चिम धार्मिक महोत्सवमा बुधवार मात्रै ५० लाख भन्दा बढी रुपैया संकलन भएको छ ।
महोत्सव संचालन भएको सातौ दिन आज सवैभन्दा बढी गोबिन्द गौतमले ५ लाख ४२ हजार रुपैया प्रदान गर्नु भएको छ ।
यस्तै बिष्णा खड्काले ३ लाख ५१ हजार, बन पैदावार समिति सुर्खेतले २ लाख, पूर्णकली बुढाले १ लाख ५१ हजार, उदयबहादुर थापाले, १ लाख १४ हजार, युद्धमानसिह बस्नेतले १ लाख ११ हजार रुपैया प्रदान गर्नु भएको महोत्सव आयोजकले जनाएको छन ।
कर्भड हल निर्माणको लागि सासद सीता नेपालीले १ लाख ५१ हजार, कमलविक्रम शाहले १ लाख ११ हजार, जनउच्च माविले ६३ हजार, देउती विद्या निकेतनले ६६ हजार रुपैया दिनु भएको छ ।
यस्तै मध्यपश्चिम क्षेत्रीय अस्पतालले १ लाख ३५ हजार, जगतबहादुर विसीले १ लाख ५ हजार र झुप्रा वृहत खानेपानी तथा सरसफाई संस्थाले ६१ हजार प्रदान गर्नु भएको महोत्सव आयोजक मुल समितिका महासचिव खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
कार्तिक २५ गतेबाट सुरु भएको मध्यपश्चिम धार्मिक महोत्सवमा अहिलेसम्म १ करोड ६८ लाख रुपैया संकलन भएको पनि उहाँले बताउनु भयो ।
महोत्सव भोली मंसिर २ गतेसम्म संचालन हुनेछ ।
महोत्सवमा अन्तराष्ट्रिय कथा बाचक गोविन्दशरण महाराज र मिरादेवी दिदीले कथाबाचन गदै आउनु भएको छ