नेपाली सेना सुर्खेतमा एकत्रित किन भयो ?

nepal-army
फाइल तस्वीर ।

सुर्खेत, ८ मंसिर ।
नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्वाटर सुर्खेतले बुधवारदेखि गढी रक्षा अभ्यास संचालन गरेको जनाएको छ ।
मध्यपश्चिम क्षेत्रमा रहेका सेनाको फैजहरुलाई एकत्रित गरी वाहिनी स्तरको स्थलगत तालिम अनुभव तथा प्रर्दशनी समावेस गरी गढी रक्षा अभ्यास संचालन गरिएको पृतनाले जनाएको छ ।
सुर्खेतको बांगेसिमल क्षेत्रमा सेनालाई एकत्रित गरी अभ्यास तथा प्रर्दशनी संचालन गरिएको पृतनामा महासेनानी आनन्दसिंह भाटले बताउनु भयो ।
अभ्यासको क्रममा सेनाका सवारी साधनहरुको ओहोर दोहोर हुने भएकोले सर्वसाधारणलाई पर्न जाने असुविधा प्रति सेना सचेत रहेको पनि उहाँले बताउनु भयो ।
गढी रक्षा अभ्यास आगामी पुष १८ गतेसम्म संचालन हुने पृतनाले जानकारी दिएको छ । मध्यपश्चिम पृतनाले विज्ञप्ती जारी गरी सेनाले गर्न लागेको अभ्यासको सफलताको लागि सहयोग गर्न मध्यपश्चिमबासीलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार ११:५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *