
सुर्खेत,१५ कार्तिक ।
नेपाल प्रहरीले जुम्लाको चन्दननाथ मन्दिरका चोरी भएका मूर्तिको प्रहरीले खोजी कार्य तिव्र पारेको जनाएको छ
घटनाको अनुसन्धान गर्न जुम्ला पुगेको प्रहरी टोलीले अनुसन्धान र खोजतलास तिव्र पारेको हो ।
घटनाको अनुसन्धान गर्नको लागि अपराध अनुसन्धान विभागका प्रमुख एआइजी विज्ञानराज शर्मा, मध्यपश्चिमका डिआइजी माधव नेपालसहित सीआइवी र क्षेत्रीय अनुसन्धान व्यूरोको टोली जुम्ला पुगेको छ ।
टोलीले घटनाको विस्तृत अनुसन्धान अघि वढाएको र चाडौ परिणाम वाहिर आउने मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
अनुसन्धान टोलीले मुर्ति चोरीको विषयमा स्थानीय प्रशासन, नागरिक समाज, संचारकर्मी, राजनीतिक दल र सुरक्षा निकायसँग छलफल र समुन्य गरिरहेको बताएको छ ।
अनुसन्धान टोलीले जिल्ला प्रहरी कार्यालयवाट भएको अनुसन्धान प्रगतिको वारेमा जानकारी लिने, डियूटीमा खटिएका प्रहरीसगँ सोधपुछ गर्ने, घटनाको स्थलगत निरीक्षण गर्ने र जिल्ल सुरक्षा समितिसगँ समुन्य गर्ने काम गरेको क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी निरिक्षक निशान्त श्रीवास्तवले जानकारी दिनभयो ।
गत शनिबार राति २ बजेतिर प्रशिद्ध चन्दननाथ मन्दिरका बहुमूल्य मूर्ति चोरी भएका थिए । चन्दननाथ मन्दिरबाट चार हात भएको दत्तात्रेय भगवानको मूर्तिसहित विभिन्न मुर्तिहरु चोरी भएका थिए ।
अनुसन्धान पूर्ण नजुन्जेलसम्म सिआइबी जुम्लामै
केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले घटनासँग सम्बन्धीत पक्षलाई सोधपुछ गर्ने काम सुरु गरेको छ । मन्दिरका पुजारी, मन्दिर पुर्ननिर्माण योजनाका ठेकेदार, कामदार र शंकास्पत व्यक्तिहरुलाई सोधपुछ गरिरहेको बताएको छ ।
केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख एआइजी विज्ञानराज शर्मा घटनाको अनुसन्धानलाई प्रभावकारी रुपमा अगाडि बढाउनको लागि केही ठोस प्रमाण नभेटिदासम्म जुम्लामै रहने बताउनु भयो ।
यस्तै मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालले अनुसन्धान कार्यलाई पूर्णता दिएर मात्रै फर्किने भन्दै मध्यपश्चिम क्षेत्रका सबै जिल्लाका नाका र भारतीय सिमा नाकामा चेकजाँच कडा पारिएको ठुलो संख्यामा प्रहरी परिचालित गएको जानकारी दिनुभयो ।
केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले प्रारम्भीक अनुसन्धान थालिरहेका बेला चोर पत्ता लगाउन सर्वसाधारणले धार्मिक अनुसन्धान थालेका छन् । उनीहरुले देवी देउता हेराउने, भाकल गर्ने र पुजा गर्ने काम थालेका छन ।