पूर्वगृहमन्त्री खड्काद्वारा भेरी बबई डाइभर्सन आयोजनाको स्थलगत अनुगमन

सुर्खेत, २७ मंसिर ।
पूर्व गृहमन्त्री तथा काँग्रेस नेता पूर्वबहादुर खड्काले निर्माणाधिन भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ ।

Purna Bahadur Khadka_ Bheri Babai Diversion
आयोजना निर्माणमा प्रयोग गरिने सामग्रीको गुणस्तर चेकजाँच गर्ने मेसिनबारे खड्कालाई जानकारी दिँदै आयोजनाका सिनियर ईन्जिनियर जगदिशश्वरमान श्रेष्ठ ।

सोमबार आयोजना निर्माणस्थल सुर्खेतको हात्तिखाल पुगेर उहाँले आयोजना निर्माणको कामको जानकारी लिनुभएको हो । उहाँलाई आयोजनाका प्रमुख शिवकुमार बस्
नेतले अहिलेसम्म भएको कामको प्रगतिको बारेमा बिस्तृत जानकारी दिनुभएको छ ।
अहिलेसम्म टर्नेल खन्नका लागि आवश्यक पूर्वाधारहरु भइरहेको बस्नेतले बताउनुभयो । उहाँले अहिलेसम्म मेसिन राख्ने ठाउँसम्म पहुँचमार्ग निर्माण, कार्यालय भवनहरु बनाउने, गिठ्ठीहरु बनाउने, रिङहरु बनाउनको लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्ने कामहरु भइरहेको उल्लेख गर्नुभयो ।
आगामी असार महिनासम्ममा टर्नेल खन्ने मेसिन आइपुग्ने र मेसिन आइपुगेपछि आउँदो मंसिर महिनाबाट टर्नेल खन्ने काम शुरु हुनेपनि उहाँले बताउनुभयो ।
आयोजना निर्माणमा अहिलेसम्मकै नयाँ प्रविधिको प्रयोग गरिएकोले भविष्यमा बन्ने अरु आयोजनको लागि पनि यो प्रविधि एउटा सिकाई हुने बताइएको छ ।
स्थलगत अवलोकनको क्रममा पूर्वगृहमन्त्री खड्काले यो आयोजनाले यस क्षेत्रका जनताको जीवनस्तरमा महत्वपूर्ण परिवर्तन ल्याउने बताउनुभयो । उहाँले निर्धारित समयमै आयोजना निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै आयोजना निर्माणका लागि आवश्यक पर्नेसबै किसिमको सहयोग गर्न आफू सदैव तत्पर रहेको उल्लेख गर्नुभयो ।
भेरीबबई बहुउद्देश्यीय आयोजनासँगसँगै भेरी करिडोर पनि निर्माण हुने भएकोले भेरी नदि आसपासका घोरेटादेखि लगाम घाटगाउँसम्मका जनताको जीवनस्तरमा सुधारका साथै आयस्तरमा पनि वृद्धि हुने बताउनुभयो ।

प्रकाशित मितिः २७ मंसिर २०७३, सोमबार १६:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *