सुर्खेत, ९ पुस ।
कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफनो खाजा खर्च बचाएर सुर्खेतका वाढीपीडितलाई सहयोग गरेका छन ।
मोडेल कलेजमा पढ्ने विद्यार्थीहरुले महिला प्रशिक्षण केन्द्रमा रहेका वाढी पीडितहरुलाई न्यानो कपडा वितरण गरिएको छ । जाडो बढेसँगै यूथ फर चेन्ज ग्रुपले शनिवार न्यानो कपडा वितरण गरेको हो ।
शिविरमा रहेका २६ परिवारलाई प्रतिपरिवार एक÷एक थान ब्लाङ्केटसहित जकेट, टिसर्ट लगायतका न्यानो कपडा वितरण गरिएको गू्रपका सदस्य भगवती शर्माले बताउनु भयो ।
फेसबुक गु्रप मार्फत सहयोग संकलन गरी न्यानो कपडा वितरण गरिएको गु्रपका सदस्य शिवानी ढकालले जानकारी दिनुभयो ।
न्यानो कपडा पाएपछि वाढी पीडित महिसरा थापाले जाडोले सताएको वेला न्यानो कपडा पाउँदा निकै खुशी लागेको बताउनु भयो ।
यूथ फर चेन्ज ग्रुपमा आवद्ध देश विदेशमा रहेका सदस्यवाट ४४ हजार ८ सय रुपैया संकलन भएको वताएको छ ।
संकलन भएको रकम मध्ये ३९ हजारको ब्लाङ्केट किनेको र वाकी रकम अरु काममा खर्च भएको उनीहरुले जनाएका छन
उनीहरुले यस्ता किसिमका सामाजिक कामहरु आगामी दिनमा पनि गर्ने उल्लेख गरेका छन ।
कपडा वितरण कार्यक्रममा गू्रपका सदस्हरु भगवती शर्मा, शिवानी ढकाल, समिर शर्मा, मनोज लम्साल, शुवर्ण थापा, अनुज ढकाल, विमला खत्री, भरत पुरी, तुल्सी पुरी, सन्देश कडेल, नारायण शाही लगायतको सहभागीता थियो ।