सुर्खेत, १४ पुष ।
मलेसियामा मृत्यु भएका एक जना नेपालीको आफन्तलाई रोजगारीका सिलसिलामा मलेसियामा रहेका नेपाली कामदारहरुले एक लाख एक हजार रुपैया सहयोग गरेका छन ।
सिराहा जिल्लाको कसाहा घर भएका आवाद महतो सुदिका परिवारलाई मलेसियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका हुन ।
करिब १ बर्ष अघि रोजगारीको सिलसिलामा गएका महतो सुदि को १४ डिसेम्वर २०१६ मा राती होस्टेलमा सुतेकै अबस्थामा निधन भएको थियो ।
मलेसियाको जोहोर बारुको SYNTURN SDN BHD कम्पनिमा कार्यरत बुद्ध बहादुर खपाङ्गी, शिवराज शर्मा, कृष्ण राउत, नबराज पल्ली, गोबिन्द थापा, प्रेम नारायण श्रेष्ठ लगाएतका ब्यक्तिहरुको पहलमा राहात संकलन गरी घर परिवारलाई एक लाख रुपैयाको प्रदान गरिएका हो ।
उहाँको शवलाई समेत नेपालसम्म पुर्याउन मलेसियामा रहेका नेपालीहरुले सहयोग गरेको मलेसियाको SYNTURN SDN BHD कम्पनिमा कार्यरत सुर्खेतका शीवराज शर्माले बताउनु भयो ।
एक लाख एक हजार रुपैया कम्पनीमा कार्यरत नेपालीहरुबाट सङ्कलन गरि महतोको श्रीमति बेचनी साह सुदिलाई पठाएको पनि शर्माले जानकारी दिनुभयो ।