प्रहरी श्रीमति संघको गरिवलाई कम्बल सहयोग

????????????

सुर्खेत,१ माघ ।
मध्य पश्चिम क्षेत्रीय प्रहरी श्रीमति संघ सुर्खेतले बाँकेको बैजापुर गाविसका स्थानीयलाई कम्वल वितरण गरेको छ ।
जाडोयाम भएकोले स्थानीयलाई न्यानो कपडा वितरण र निशुल्क स्वास्थ्य शिविर समेत गरिएको संघले जनाएको छ ।
सामाजिक सेवाको भावनाले १३६ जनालाई कम्वल तिवरण गरिएको संघले उल्लेख गरेको छ
स्वास्थ्य शिविरमा ८४ जनाको स्वास्थ्य जाच गरिएको र  ७६ जनालाइै औषधी वितरण गरिएको समेत प्रहरी श्रीमति संघले बताएको छ ।
मध्य पश्चिम क्षेत्रीय प्रहरी श्रीमती संघ सुर्खेतका अध्यक्ष तारा नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डिआइजी माधव प्रसाद नेपाल, भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धिरु बस्नेत, म.प.क्षेत्रीय प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक दानसिंह बोहोरा, बांकेका प्रहरी प्रमुख टेक प्रसाद राई, लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी, बैजापुर गाविस कार्यालयका प्रतिनिधी, संचारकर्मी, नागरिक समाजको सहभागीता रहेको थियो ।
कार्यक्रममा म.प.क्षेत्रीय प्रहरी अस्पतालका डा.रोशन निराला समेतको टोलीले स्वास्थ्य सम्बन्धि परामर्श तथा बिरामीको स्वास्थ्य चेकजांच गरेको थियो ।

प्रकाशित मितिः १ माघ २०७३, शनिबार ०३:२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *