न्यु गौतम IME द्धारा सिंहको उपचारको लागि ३५ हजार सहयोग

सिंहको उपचारको लागि ३५ हजार रुपैयाको चेक पत्रकार राजेन्द्रबिक्रम शाहीलाई हस्तान्तरण गदै न्यु गौतम आईएमईका संचालक केपी गौतम ।

सुर्खेत, १९ माघ ।
जाजरकोट थालारैकरका १ का देबु सिंहको उचारका लागि सहयोग पुर्याउँन भन्दै बिभिन्न ठाउँवाट सहयोग जुट्न थालेको छ ।
३ महिना अगाडी खुट्टामा अकस्मात गम्भिर समस्या देखीएपछि काठमाडौको नर्भिक अस्पतालमा अपचाररत सिंहको उपचारका लागि सुर्खेतको वीरेन्द्रनगरमा रहेको न्यु गौतम आईएमई सेन्टरले ३५ हजार रुपैया सहयोग गरेको छ ।
सिंहको उपचारमा सहयोग पुर्याउँने उदेश्यले न्यु गौतम आईएमईका संचालक केपि गौतमले २५ हजार तथा कार्यरत कर्मचारीहरुको तर्फवाट १० हजार गरी ३५ हजार रकम प्रदान गर्नु भएको हो ।
सिंहको स्वास्थ्य अवस्थाका बारेमा बिभिन्न संचारमाध्याम तथा सामाजिक संजालमा समाचार प्रकाशन भएको देखेर सहयोग रकम प्रदान गरेको बताउँनु भयो ।
समाजमा दुखमा परेकालाई सहयोग गर्नु नै सबै भन्दा ठुलो मानव धर्म रहेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भयो ।
आईएमईमा कार्यरत कर्मचारी प्रकाश रसाईलीले सिंहको अवस्थाको बारेमा समाचार पढदा मनैदेखी सहयोगको भावना जागेको भन्दै कर्मचारीहरुले पनि सहयोग गरेको बताउँनु भयो ।
सिंहको स्वास्थ्यमा केही सुधार देखिएपनि आर्थिक अभावमा उपचारमा समस्या भएपछि उहाँमा परिवारले सबैसंग सहयोगका लागी आग्रह गरेका थिए ।
यस अघि सुर्खेतका पत्रकार नवराज शर्माले पनि उपचारका लागि ५ हजार रुपैया सहयोग गर्नु भएको थियो ।
सुर्खेतमा कार्यरत पत्रकार राजेन्द्र विक्रम शाहीको विशेष पहल र सक्रियतामा सिहको उपचारको लागि सहयोग जुटिरहेको छ ।
सिहको उपचार खर्च जुटाउनको लागि पत्रकार शाहीले फेसबुक मार्फत अभियान नै संचालन गर्नु भएको छ ।
अहिलेसम्म २५ लाख बढी रकम उपचारमा खर्च भईसकेको छ भने अझै २० लाख बढी आवश्यक पर्ने भन्दै श्रीमती प्रतिमा सिंहले देशबिदेशमा रहेको नेपालीहरुलाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।

प्रकाशित मितिः १९ माघ २०७३, बुधबार १३:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *