विश्वकै प्रभावशाली कोच कार्कीले सुर्खेतवाट वालविवाह मुक्त अभियान थाल्दै

सुर्खेत, ५ फागुन ।
विश्वकै प्रभावशाली कोच नरबहादुर कार्कीले नेपालमा वालविवाह मुक्त अभियानको संचालन गर्नु हुने भएको छ ।
नेपालमा पूर्ण खोप र वर्थिङ सेन्टर स्थापना अभियानका अभियन्ता उहाँले अव वालविवाह मुक्त अभियान पनि संचालन गर्न लाग्नु भएको हो ।
संसार भरीका मानिसहरुलाई जीवन कसरी जिउने भन्ने विषयमा प्रशिक्षण दिदै आउनु भएका उहाँले सुर्खेतवाट वाल विवाह मुक्त अभियानको थालनी गर्नु हुनेछ ।
जीवन रुपान्तरण अभियानका एक्ला अभियन्ता कार्कीले यही फागुन १५ र १६ गते वीरेन्द्रनगरमा १ हजार २ सय जनालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।
सुर्खेतबाट सुरु हुन लागको अभिायनलाई नेपाललाई सन २०२० भित्र बालबिबाहरहित देश बनाउने महाअभियानको संज्ञा कार्कीले दिनु भएको छ ।
यो अभियानलाई जोडिन उहाँले राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी लगायत समाजका अगुवाहरुलाई आग्रह गर्नु भएको छ ।
महिला तथा वालबालिका कार्यालय सुर्खेतको अगुवाईमा जिल्ला बाल कल्यान समिति सुर्खेतले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनको लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको संयोजकत्वमा समिति गठन गरिएको छ ।
समितिमा स्थानीय विकास अधिकारी अमृत लम्साल, जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, जनस्वास्थ्य प्रशासक बसन्त अधिकारी र प्रमुख महिला विकास अधिकृत जमुना पौडेल सदस्य हुनुहुन्छ ।
कार्यक्रममा सुर्खेतका सवै गाविस र नगरपालिकाबाट सहभागी आउने र तिनीहरुको सवै खर्च गाविस र नगरपालिकाले व्यहोर्ने सालकोट गाविसका सचिव तिलकराम अधिकारीले बताउनु भयो ।
विहिवार बसेको समुन्वय समितिको वैठकले कार्यक्रमलाई भव्य सफल बनाउने निर्णय गरेको छ ।
समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पन्थले कार्यक्रमलाई सफल बनाउनको लागि पूर्ण रुपमा तयारी थाल्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राजनीतिका दल, सरकारी तथा गैरसरकारी संघसंस्था, नागरिक अगुवा, गाविस सचिव, गाउँ÷नगर वालसंजालका प्रतिनिधी, प्रहरी, बाल क्लवमा आवद्धहरुको सहभागीता हुने बताएको छ ।
अनावश्यक पीडा लिएर किन बाँच्ने, यसका विकल्पहरु छन, जीवनको ढाँचा बदल्न सकिन्छ र जीवनका कथाहरु पुर्नलेखन गर्न सकिन्छ भन्ने मान्यता कार्की राख्नु हुन्छ ।
उहाँले जीन्दगीलाई कसरी स्वतन्त्रता बनाउने र शक्ति र उमंग थप्ने विषयमा प्रशिक्षण दिदै आउनु भएको छ ।
विश्वकै प्रभावशाली कोच कार्की अहिलृ अफगानिस्तानमा प्रशिक्षण दिदै हुनुहुन्छ ।
पूर्ण खोप अभियानका अभियन्ता कार्कीकै पहलमा सरकारले ५ वर्षअघि अछामको भागेश्वर गाविसबाट पूर्ण खोप अभियानको सुरुवात गरेको थियो ।
उहाँकै सक्रियता र पहलमा नेपालमा वर्थिङ सेन्टरको सुभारम्भ पनि भएको थियो ।
ग्रामिण भेगमा महिलाहरु घर, गोठ खेतमा सुत्केरी हुने गरेपनि उहाँले वर्थिङ सेन्टरको स्थापना गर्नुपर्ने अभियान थाल्नु भएको थियो ।
अभियानकै कारण पछिल्लो समय वर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेहरुको संख्या बढेको र मातृमृत्यु दर पनि घटेको छ ।
सुरुमा नवलपरासीबाट सुरु भएको वर्थिङ सेन्टर अभियान अहिले नेपालभरीमै संचालनमा भएको छ ।

प्रकाशित मितिः ५ फाल्गुन २०७३, बिहीबार ११:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *