पत्रकार भीमबहादुर सिंह पुरस्कृत

बद्री पन्त
जाजरकोट, १२ फागुन ।
नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष तथा कान्तिपुर दैनिकमा कार्यरत पत्रकार भीमबहादुर सिंह लोकेन्द्र शाह पत्रकारीता पुरस्कारवाट पुरस्कृत हुनु भएको छ ।
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले पाँचौ अधिवेसनको अवसरमा लोकेन्द्र शाह पत्रकारीता पुरस्कार २०७३ बाट उहाँलाई पुरस्कृत गरेको हो ।
लामो समयदेखि पत्रकारीतामा क्रियाशिल सिंहलाई पत्रकारीताको माध्यमवाट जिल्ला र देशको उन्नति, प्रगति र समृद्धिका लागि महत्वपूर्ण योगदान र भुमिका निर्वाह गरेको भन्दै उच्च कदर स्वरुप पुरस्कृत गरिएको महासंघले जनाएको छ ।
नेपाल पत्रकार महासंघ जाजरकोटले जिल्लामा क्रियाशील पत्रकारलाइ प्रोत्साहित गर्न पुरुस्कार स्थापना गरेको थियो ।
स्वर्गिय पत्रकार लोकेन्द्र शाहको नामवाट महासंघले यो लोकेन्द्र शाह पत्रकारीता पुरुषकार स्थापना गरेको हो ।
पत्रकारीता मार्फत जाजरकोटको समग्र विकास, सुशासन र लक्षित समुदायको पक्षमा क्रियासिल भई काम गर्ने एक जना पत्रकारलाई वार्षिक रुपमा पुरस्कार दिदै आएको छ ।
५ हजार रासीको यो पुरस्कार पाउने सिंह पहिलो पत्रकार हुनुहुन्छ । पत्रकार सिह एक दशक देखि कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मितिः १२ फाल्गुन २०७३, बिहीबार १५:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *